मिस्टर एण्ड मिस एसईई तेश्रो सिजनको तयारी पुरा

नेपालगञ्ज । मिस्टर एण्ड मिस एसईई नेपालगञ्ज तेश्रो सिजनको अडिसनको सम्पुर्ण तयारी पुरा भएको छ ।

आयोजक पिके ईभेन्टसका अध्यक्ष प्रकाश कुंवरका अनुसार अडिसनको लागि ६३ जनाले फारम भरिसकेको र कोहि इक्छुक भए अडिसनको दिन जेठ १२ गते शनिबार नेपालगञ्जकाे म्याजेष्टिक पार्टी प्यालेसमा हुनेछ ।

साे दिन बिहान ११ बजे अगाडी सम्पर्क गर्न सकिने आयाेजकले जनाएको छ । अडिसनबाट १५ जनालाई फाईनल प्रतिस्पर्धाका लागि छनौट गरिनेछ । प्रतियाेगिताकाे फाईनल असारको पहिलो साता हुनेछ । प्रतिस्पर्धामा एसईई परिक्षा दिएर बसेकाहरुले मात्र भाग लिन पाउने आयोजकले जनाएको छ ।

युवाहरुमा निहित आन्तरिक क्षमताको विकास गर्दै आत्मविश्वासी बनाउने उद्देश्यसहित हुने यस कार्यक्रमको कोरियोग्राफी मिस टिन लुम्बिनी र मिस हिमालय बुटवलको विजेता सेन्जल पौडेलले गर्नुहुनेछ । प्रतिस्पर्धाको दौरान सहभागिहरुलाई वाकिङ, फोटो सुट, सामाजिक कार्य, खेलकुद, मेकअप लगायतका बारेमा प्रशिक्षण दिइनेछ ।

मिस्टर एण्ड मिस एसईईको बिजेताले प्लस टुमा छात्रबृत्ति र आयोजक पिके ईभेन्ट्सको ब्राण्ड एम्बेसडरको रुपमा काम गर्ने अवसर प्राप्त गर्ने समेत आयोजकले जनाएको छ । यसैगरी अन्य बिधाका बिजेतालाई आकर्षक पुरस्कारको समेत ब्यवस्था गरिएको छ ।

मिस्टर एण्ड मिस एसईई र फेस अफ नेपालगञ्ज गरी वर्षमा दुई वटा टाइटलको आयोजना गरिरहेको पिके ईभेन्ट्सले आफ्नो कार्यक्रममा प्रतिस्पर्धीलाई टिकट बेच्न लगाएर धेरै टिकट बेचेको भन्दै त्यसबाट नै विजेता बनाउने कदापी नगरिने स्पष्ट पारेकाे छ ।

Previous articleमहालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश
Next articleबाँकेमा ३५ हजार बढीलाई पाेलियाे खाेप दिईने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here