स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री बनाउन जोड

बर्दिया । आधारभुत स्वास्थ्य केन्द्र लम्किफाटा बारबर्दियाको किशोरकिशोरीहरुद्धारा अनुगमन तथा मुल्याकंन गरिएको छ । किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९ को आधारमा किशोकिशोरीहरुले स्वस्थ्य संस्थाको गुणस्तर मापनका लागि अनुगमन मुल्याकंन गरेका हुन ।

आधारभुत स्वास्थ्य केन्द्र लम्किफाटा बारबर्दिया ११ नजिकैको सिम्हा मा.बि.मा कक्षा ९ मा अध्ययनरत किशोरकिशोरीहरुले स्वास्थ्य संस्थामा एक कार्यक्रममा उपस्थित भइ चेकलिस्टका आधारमा अनुगमन गर्दा राम्रो नतिजा देखिएको बताए ।

स्वास्थ्य संस्थामा किशोरकिशोरीमैत्री सुचक लोगो बाहिरा देखिने गरि राख्नुपर्ने, स्वास्थ्य संस्था ब्यवस्थापन समितिमा किशोरकिशोरीहरुको उपस्थिती गराउनु पर्ने कुरामा जोड दिएका छन ।

भेरी वातावरणीय बिशिष्टता समुह (बिग्रुप) तथा प्लान नेपालको साझेदारीमा संचालित बालविवाह न्युनिकरण परियोजनाले किशोरकिशोरी मैत्री स्वास्थ्य निर्माणका लागि अनुगमन तथा मुल्याकंन कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेल, आधारभुत स्वास्थ्य केन्द्र लम्किफाटाका इन्चार्ज हरिष कुमार डिसी, स्वास्थ्य संस्थाकी अनमी देमर कुमारी चौधरीको बि–ग्रुपका प्राबिधिक संयोजक रामरुप कौशल, फिल्ड सुपरभाइजर भरत चौधरी र बिनिता परियारको उपस्थिती रहेको थियो ।

Previous articleबाँकेमा ३५ हजार बढीलाई पाेलियाे खाेप दिईने
Next articleसामाजिक व्यवहार परिवर्तन संचार रणनीतिमाथि छलफल, पालिकालाई हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here