सामाजिक व्यवहार परिवर्तन संचार रणनीतिमाथि छलफल, पालिकालाई हस्तान्तरण

बर्दिया । सामाजिक व्यवहार परिवर्तन संचार सम्बन्धि स्थानीय रणनिती-२०८१ को मस्यौदामाथि आज बारबर्दियामा छलफल कार्यक्रम सम्पन्न गरि हस्तान्तरण गरिएको छ ।

सामाजिक व्यवहार परिवर्तनको लागि संचार रणनीति निर्माण गरि समाजमा विद्यमान हानिकारक प्रचलनहरु बालविवाह, बहुविवाह, जबरजस्ती विवाह, सामाजिक भेदभाव, छुवाछुत, महिनावारीका प्रचलनहरु, विभेदपूर्ण लिंग छनोट, जातिय विभेद र अन्य परम्परागत कुरुतिहरुलाई संवोधनको पहल अगाडी वढाउन सहज हुने भएकोले आत्मसात गर्दै बारबर्दिया नगरपालिका उपप्रमुख रत्ना कुमारी पाण्डेले आउदो कार्यपालिकाको बैठकमा यो मस्यौदा पेस गरि लागु गर्ने प्रतिवद्वता जाहेर गर्नुभयो ।

बारबर्दिया नगरपालिकाद्वारा, सामाजिक हानिकारक मान्यतामा कमि ल्याउन बालविवाह, महिला हिंसा, लैंगिक हिंसा, र परम्परागत हानिकारक अभ्यासका घटनाहरु हटाउन यो रणनीतिले निर्देशन गर्ने बारबर्दिया नगर प्रमुख छविलाल थारुले बताउनुभयो । समुदायमा रहेको हानिकारक अभ्यासलाइ परिवर्तन गर्न तत्काल नसकिए पनि क्रमिक रुपले परिवर्तन गर्न सकिने कुरामा जोड दिँदै कार्यक्रमका प्रशिक्षक प्रकाश उपाध्ययले सामाजिक हानिकारकका घटनाहरु कम गर्न यो नीतिले सघाउ पुर्याउने कुरा बताउनुभयो ।

कार्यक्रममा भेरी वातावरणीय विशिष्टता समूह (बि-ग्रुप) का प्राबिधिक संयोजक रामरुप कौशलले सामाजिक व्यावहार परिवर्तन संचार सम्बन्धि स्थानीय रणनीति २०८१ को मस्यौदा नगरप्रमुख र उपप्रमुखलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा बारबर्दिया नगरपालिका का ११ वटै वडाका वडा अध्यक्ष तथा प्रतिनिधि, बारबर्दिया नगरपालिकाका प्रत्येक शाखाका प्रमुख, नागरिक समाज संजाल, सामाजिक विकास संयोजक लगाएको उपस्थिति रहेको (बि-ग्रुप) बर्दियाका फिल्ड सुपरभाइजर विनिता परियारले जानकारी दिनुभयो ।

कार्यक्रमको आयोजना बि-ग्रुप र प्लान नेपालको साझेदारीमा संचालित बालविवाह न्यूनीकरण परियोजना अन्तर्गत संचालन भएको थियो ।

Previous articleस्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री बनाउन जोड
Next articleनेपालगञ्ज ६ मा हाजिरी जवाफ : शैलेश्वरी सदन प्रथम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here