नेपालगञ्ज ६ मा हाजिरी जवाफ : शैलेश्वरी सदन प्रथम

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ को एक मात्र सामुदायिक बिद्यालय फुल्टेक्रा माध्यमिक विद्यालयका बिद्यार्थीहरुकाबीमा भएको हाजिरी जवाफ प्रतियोगितामा शैलेश्वरी सदन समुहले प्रथम स्थान हासिल गरेको छ ।

नेपालगञ्ज ६ को सहयोगमा नाईस नेपालगञ्जले आयोजना गरेको अन्तर बिद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगितामा सहभागि ७ समुहलाई पछि पार्दै शैलेश्वरी प्रथम स्थान हासिल गरेको हो । यसैगरी प्रतियोगितामा स्वर्गद्धारी सदनले द्धितिय स्थान हात पारेको छ । यसैगरी बागेश्वरी सदनले तृतीय स्थान र केदारेश्वर सदनले सान्त्वना स्थान हासिल गरेको छ ।

वातावरण, सरसफाई र सामान्य ज्ञानका बिषयमा प्रश्नहरु तयार गरिएका थिए । एउटा समुहमा ३ जना बिद्यार्थीहरुको सहभागिता रहेकोमा प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल समुहका प्रतियोगिहरुले क्रमशः मेडल, पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका बिजेता सहभागिलाई वडा अध्यक्ष शमिर प्रताप सिंह, वडा सचिब मदन रावत, फुल्टेक्रा माबिका प्रधानाध्यापक शान्ति कडेंल, बास नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष शिव कुमार बर्मा लगायत अतिथिहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिताको समापनमा बोल्दै वडा अध्यक्ष सिंहले अतिरिक्त क्रियाकलापले बिद्यार्थीहरुको सर्वाङ्गिण विकासमा टेवा पुग्ने बताउनुभयो । प्रतियोगितामा सहभागिता जनाएका बिद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै सबै बिद्यार्थीहरुले अतिरिक्त क्रियाकलापमा चासो राख्न उहाँले अनुरोध गर्नुभयो ।

फुल्टेक्रा माबि वडाभित्रको एक मात्र सामुदायिक बिद्यालय भएकाले बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यकता अनुसार वडाले सहयोग गर्ने उहाँको भनाई थियो । उहाँले वडाको लक्षित वर्ग उत्थान कार्यक्रम अन्तर्गत नाईसले गरेको हाजिरी जवाफ प्रतियोगिता प्रभावकारी भएको जनाउनुभयो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल शैलेश्वरी सदनमा गोमा त्रिपाठी, शितल बैश्य र बिशाल केसी, द्धितिय स्थान हासिल गर्न सफल स्वर्गद्धारी सदनमा साजिदा बानो अन्सारी, अरुणीमा पुन र दिलिप नेपाली, तृतीय स्थान हासिल गर्न सफल बागेश्वरी सदनमा मुस्कान बानो, आँचल तेली र दिपेन्द्र मौर्य र सान्त्वना स्थान हासिल गर्न सफल केदारेश्वर सदनमा गोबिन्द्र सिंह, रोहनी खड्का र सबनम मागवान रहनुभएको थियो । ८ वठा समूहका २४ जना प्रतियोगिसहित कार्यक्रममा १५५ जनाको सहभागिता रहेको थियो ।

Previous articleसामाजिक व्यवहार परिवर्तन संचार रणनीतिमाथि छलफल, पालिकालाई हस्तान्तरण
Next articleनेपालगञ्जबाट ठुलो परिमाणको अबैध मोबाईल डिस्प्ले बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here