नेपालगञ्जबाट ठुलो परिमाणको अबैध मोबाईल डिस्प्ले बरामद

नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्जबाट ठुलो परिमाणको अबैध मोबाईल डिस्प्ले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज वडा नं-२ स्थित सेतु बिक चोकबाट बुधबार ठुलो परिमाणको अबैध मोबाईलको डिस्प्ले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता नारायण डाँगीले भारतबाट भन्सार छलेर ल्याएको मोबाईलको डिस्प्ले ठुलो मात्रामा बरामद गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नौ सय २३ पिस मोबाईलको डिस्प्ले बरामद भएको हो । प्रहरीका अनुसार बरामद डिस्प्लेको अन्दाजी मुल्य करिब २३ लाख सात हजार पाँच सय रहेको छ ।

उक्त सामानलाई आवश्यक कारबाहीको प्रक्रिया बढाइएको प्रहरीले जनाएको छ ।

Previous articleनेपालगञ्ज ६ मा हाजिरी जवाफ : शैलेश्वरी सदन प्रथम
Next articleजेष्ठ २६ गते पत्रकार महासंघ बाँकेको निर्वाचन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here