क्षमता अभिबृद्धिका लागि ठाकुरद्वारामा नेतृत्व विकास तालिम संचालन

ठाकुरबाबा, बर्दिया । किशोरकिशोरीहरुको क्षमता अभिबृद्धिका लागि बर्दियाकाे बाँसगढी नगरपालिकास्थि ठाकुरद्धारामा नेतृत्व विकास तालिमको आयोजना गरिएको छ ।

तालिममा ठाकुरबाबा नगरपालिकाका विभिन्न १० वटा बिद्यालयका २४ जना किशोरकिशोरीहरुको सहभागिता रहेको छ ।

दुई दिनसम्म चल्ने तालिममा किशोरकिशोरीहरुलाई नेतृत्व विकास, बाल क्लबको महत्व तथा परिचालन, बाल विवाह न्युनिकरणमा किशोरकिशोरीहरुको भुमिका र यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सहजिकरण हुने आयोजकले जनाएको छ ।

किशोरकिशोरी उमेरमा नेतृन्व विकास तालिमले सहि निर्णय लिन सक्ने, बालविवाह जस्ता हानिकारक अभ्यासको बारेमा समुदाय तथा बिद्यालयमा परिचालन हुने यो तालिमको उद्धेश्य रहेको छ ।

बि-ग्रुप र प्लान नेपालको साझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तर्गत संचालन भएकाे तालिममा शिव लाल पाण्डेले सहजिकरण गरिरहेकाे संस्थाकी फिल्ड सुपरभाइजर माया खड्काले जानकारी दिनुभयो ।

Previous articleयोग समिति नेपाल छैठों वर्षमा प्रवेश
Next articleप्राविधिक सहायकको भरमा तरकारी, फलफूल परीक्षण प्रयोगशाला सञ्चालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here