
बर्दिया । ठाकुरबाबाको स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री बनाउन किशोरकिशोरीहरुले जोड दिएका छन । ठाकुरबाबा आधारभुत स्वास्थ्य केन्द्र मोहनपुर वडा नं-७ को स्वास्थ्य संस्थामा किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य सेवाको गुणस्तर मापनका लागि अनुगमन तथा मुल्याकंन गरेका हुन् ।
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका-२०७९ को अनुगमन स्कोर कार्डको आधारमा किशोकिशोरीहरुले स्वस्थ्य संस्थाको गुणस्तर मापन गरेका हुन् । अनुगमनमा शिव सुन्दर माध्यमिक बिद्यालयका एक दर्जन किशोरकिशोरीहरुले स्वास्थ्य संस्थामा पुगेर १२ वटा सुचकलाई आधार मान्दै मुल्याकंन गर्दा राम्रो नतिजा आएको स्वास्थ्य शाखा इन्चार्ज उषा कुमारी थारुले बताउनुभयाे ।
अनुगमनमा किशोरकिशोरीहरुले स्वास्थ्य संस्था ब्यवस्थापन समितिको बैठकमा किशोरकिशोरीहरुको उपस्थिती गराउनुका साथै किशोरकिशोरीहरुको बिषयमा निर्णय गर्दा सल्लाह सुझाव लिनुपर्ने कुरामा जोड दिएका छन । किशोरकिशोरीहरुले अनुगमनका दौरान स्वास्थ्य संस्थाले सबै सुचक पुरा गरि राम्रो नतिजा प्राप्त गरेकाे समेत बताए ।
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका-२०७९ अनुसार किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा अंकित लोगो देखिने गरि राखिएको, विगत ६ महिनाभित्र स्वास्थ्य संस्थाबाट किशोरकिशोरीमैत्री स्वास्थ्य सेवाको बारेमा विधालय वा समुदायमा अन्तरक्रिया कार्यक्रम गरेको, स्वास्थ्य संस्थामा सफा पिउने पानी, सफा चर्पी, स्वच्छ वातावरण र विधुत आपूर्ति रहेको, किशोरकिशोरीलाई सेवा प्रदान गर्दा अरुले देख्न, सुन्न नसक्ने गरी गोपनियता कायम राखिएकाे, स्वास्थ्यकर्मीहरुले किशोरकिशोरीमैत्री सेवा सम्बन्धि तालिम वा अभिमुखिकरण पाएको लगायतका १२ वटा सुचक निर्देशिकामा उल्लेख छ ।
स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री संस्थाको रुपमा प्रमाणिकरणका लागि यस प्रकारको अनुगमन तथा मुल्याकंन कार्यक्रमले आगामी दिनहरुमा स्थानीय निकाय तथा स्वास्थ्य संस्थालाई झगझगाउने काम हुने, साथै आगामी योजना बनाउन सहयोग हुने कुरामा ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाका बिष्णु प्रसाद ज्ञवालीले जोड दिनुभयो ।
भेरी वातावरणीय बिशिष्टता समुह (बि-ग्रुप) तथा प्लान नेपालको साझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजनाले ठाकुबाबा नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था निर्माणका लागि सो अनुगमन तथा मुल्याकंन कार्यक्रमको सहजिकरण गरेको थियो ।
कार्यक्रममा बि-ग्रुपका प्राबिधिक संयोजक रामरुप कौशलले कार्यक्रमको सहजिकरण गर्नुभएकाे थियाे भने कार्यक्रममा ठाकुरबाबा नगरपालिका वडा नं-७ का वडा अध्यक्ष कलम बहादुर बिष्ट, बि-ग्रुपका फिल्ड सुपरभाइजर माया खडका, बिमला रावत र दिर्घ थापाको उपस्थिती रहेको थियो ।





