
बैजनाथ । नेपाली कांग्रेस बैजनाथ गाउँपालिका वडा नं-४ बानियाभारमा चार दर्जनबढी एमालेका स्थानीय नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस बैजनाथ गाउँपालिका वडा नम्बर-४ का सभापति सुरेश चन्दको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका स्थानीय नेता हस्त बहादुर थापासहित ४१ जनाले नेपाली कांग्रेस प्रवेश गरेको युवा नेता अमर बिसिले जानकारी दिनुभयाे ।
यसरी कांग्रेसमा प्रवेश गर्नेहरुमा अमृता थापा, पृथ्वी थापा, देवबहादुर थापा, नैसरा थापा, कमला थापा, शृजना थापा, तुले बुढा, पदमा थापा, गिता थापा, पानसरा बुढा, सेतु थापा, भिम बहादुर थापा, हस्त बहादुर थापा, नैनिदेबी थापा, इन्द्रा थापा, लक्ष्मी थापा, अमृता भन्डारी, सीता रोकाय, सीता थापा, कमला बुढा, रुपा परियार, तिलक बुढा, शशी देबी बुढासहित ४१ जना रहेको वडा सदस्य समेत रहेका युवा नेता कर्ण कठायतले जनाउनुभयाे ।
नवप्रबेशिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता महासमिति सदस्य मेघराज ओली, क्षेत्र नम्बर-३ का सभापति नकि खाँ, महाधिवेशन प्रतिनिधि देवबहादुर खत्री, गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, प्रदेश क सभापति केशब शाह, पालिका सभापति देव बहादुर केसी, वडा अध्यक्ष प्रेम शाहीले खादा तथा अबिर लगायर पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गर्नुुभएकाे थियाे ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासमिति सदस्य ओलीले जनताको जीवनस्तरलाई माथि उठाउदै लोकतान्त्रिक ब्यवस्थाको संस्थागत बिकासका लागि नेपाली कांग्रेसले आफुलाइ सधै अग्रमोर्चामा उभ्याएको बताउनुभयाे ।
नेपाली कांग्रेसले मुलुकलाई समृद्ध बनाउन बाटो घाटो, फुल पुलेसा, शैक्षिक संस्था, बिधुत, सिचाइ, खानेपानी, संचार, स्वास्थ लगायत जनजीविकाका सवालमा प्रत्यक्ष प्रभाव पार्ने विकाश निर्माणमा सधै आफुलाइ खरोरुपमा उतारेको युवा नेता ओलीले दाबी गर्नुभयाे ।
महासमिति सदस्य ओलीले पार्टीको आन्तरिक जिवनमा जे जस्ता अपठ्यार दिनहरू आयता पनि कांग्रेसले मुलुक, लोकतन्त्र र जनतालाई धोका दिने काम नगरेको उल्लेख गर्दै जनताको जीवनस्तर र भूगोलको यथार्थ चित्रलाई हृदयगम गर्दै नीति निर्माण गर्ने क्रममा कांग्रेसले आफुलाइ देश र जनताको हितमा केन्द्रीत गरेको कुरामा जोड दिनुभयाे ।
क्षेत्र नम्बर-३ का सभापति खाँले नेपाली कांग्रेसले झुठको राजनीतिलाई प्रसय नदिने बताउँदै भोटको राजनीति होइन देश र जनताको उत्थान लाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयाे ।
वडा सचिव हेमराज थापाले संचालन गरेको उक्त कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर-३ का सदस्यसमेत रहनुभएका वडा अध्यक्ष प्रेम शाही र वडा सदस्य कठायत लगायले आ-आफ्नो भनाइ राख्नुभएकाे थियाे ।





