जानकी-२ का कुर्मीको हत्या आरोपमा तीन जना पक्राउ

नेपालगञ्ज । हत्या आरोपमा बाँकेमा तीन जना पक्राउ परेका छन् । बाँके जानकी गाउँपालिका वडा नं-२ फलपुर्वाका ५५ वर्षीय प्रेमलाल कुर्मीको हत्या आरोपमा एक महिलासहित तीन जना पक्राउ परेका छन् ।

बाँके प्रहरीले जानकीकै स्थानीय ४० वर्षीया महिला महिलका तेली, ५० वर्षीय नक्कु लोनिया र ५० वर्षकै रतिराम कोरीलाई पक्राउ गरेको जनाएको छ । सूक्ष्म अनुसन्धानपछि घटनामा उनीहरूको संलग्नता खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले जानकारी दिनुभयो ।

कुर्मीको घाँटीमा सर्टले कसेर हत्या गरेको अवस्थामा वैशाख २७ शव फेला परेको थियो भने उहाँको साइकल ४० वर्षीया तेलीको घरमा फेला परेको थियो । कुर्मीका छोरा रामकुमार बर्माले जेठ १४ गते पक्राउ परेका तीन जनाविरूद्ध कतर्व्य ज्यान मुद्दामा किटानी जाहेरी दिनुभएको थियो ।

Previous articleएमाले छोडदै कांग्रेसमा प्रवेश
Next articleपत्रकार गुप्ताको क्यामेरा फुटाउने प्रयाससँगै दुव्र्यवहार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here