लुम्बिनी र कर्णाली प्रदेश प्रमुखबीच शिष्टाचार भेट

सुर्खेत । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारबीच आज शनिबार बिरेन्द्रनगर सुर्खेतमा शिष्टाचार भेटघाट भएको छ ।

दुई प्रदेशबीच थप सम्बन्ध बिस्तार र संविधानले प्रदत्त गरेको अधिकारलाई व्यबहारमा कार्यान्वयन गर्न भेटघाटले बल पुर्‍याउने बिश्वास व्यक्त गरिएको छ ।

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको बिकासको लागि सबैको सहयोग र सहकार्य आवस्यक रहेको बताउनुभयो । उहाँले प्रदेशको स्थायित्व र समृद्धिका लागि कर्मचारी र जनप्रतिनिधिको भुमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

उक्त अवसरमा बोल्दै कर्णाली प्रदेश प्रमुख परियारले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको समृद्धिका लागि सहकार्य आवस्यक रहेकोमा जोड दिनुभयो ।

शिस्टाचार भेटघाटमा कर्णाली प्रदेश प्रमुख परियारले लुम्बिनी प्रदेश प्रमुख शेरचनलाई आफुले लेखेको पुस्तक हस्तान्तरण गर्नुभएको थियो भने लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश प्रमुख परियारलाई मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा लुम्बिनी प्रदेश प्रमुखको जीवन संगिनी, कार्यालयका अधिकारी, कर्मचारी र सचिवालयको टोलीसमेत सहभागी रहेको थियो ।

Previous articleग्रिल, स्टील तथा आल्मुनियम व्यवसायी संघको अध्यक्षमा जनक चयन
Next articleनेपाली राजनीतिमा कोइरालाको योगदान सदा स्मरणीय : नेता डा.शशांक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here