१४ बुँदे घोषणापत्र जारी गर्दै महासंघ बाँकेकाे साधारणसभा सम्पन्न

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेकाे शनिबार १४औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएकाे छ । सदस्यता विवादका दुई पटक धकेलिएकाे महासंघकाे शनिबार १४ औं साधारणसभा एवं अधिवेशन गरिएको हाे ।

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीकाे अध्यक्षतामा भएकाे साधारणसभाले महासंघमा स्थापना भएका विभिन्न पुरस्कारबाट १८ जनालाई पुरस्कृत गरेकाे छ भने लियाकल अलि पत्रकारिता पुरस्कार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गाैतम, अग्रज पत्रकार शिव डाेटेललाई प्रदान गरिएको छ ।

यस्तै सुर्यनाथ गौतम स्वास्थ्य मुटु पत्रकारिता पुरस्कार शकर खनाल र शोभा केसी, चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार विश्वराज पछलडग्या र रविन्द्र घिमिरे, माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार लक्ष्मण ढुंगाना बर्दिया र अनिता विश्वकर्मा बाँके, रामकली, रामआधार पत्रकारिता पुरस्कार विक्रम बुढा र अभिशेक गुप्ता, बेलमती स्वास्थ्य पत्रकारिता पुरस्कार गजेन्द्र गुरुङ्ग र रुपनी जिएम, आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार खम्बप्रसाद पुन, कृष्ण राज अधिकारी, चन्द्र बोहरा, क्रियाशिल पत्रकारिता पुरस्कार विजय मल्ल र बैकुण्ठ अधिकारी, गुरु खत्री पत्रकारिता पुरस्कार तिलक गाउँलेलाई प्रदान गरिएको छ ।

यसैगरी महासंघले बन्दशत्रले १४ बुँदे घाेषणा पत्र जारी गरेकाे छ । साधारणसभामा सचिव, कोषाध्यक्ष प्रतिवेदन पारित गर्दै यो घोषणापत्र जारी गरेेकाे हाे ।

जारी गरिएको घाेषणा पत्र
१. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र प्रर्बद्धनका लागि सम्पूर्ण आमसञ्चार माध्यम र पत्रकारहरुलाई अझ बढी जिम्मेवार, कर्तव्यनिष्ट, जवाफदेही र संयमतापूर्वक काम गर्न आग्रह गर्दछ ।

२. पत्रकार आचार संहिता, पत्रकारिताका स्थापित मूल्य, मान्यता र सिद्धान्त अनुरुप सत्य, तथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रकाशन प्रशारण गर्न आमसञ्चार माध्यम र पत्रकारहरुलाई आग्रह गर्दछ ।

३. साना लगानीमा सञ्चलन गरिएका महिला भाषाभाषीका मिडियाको संरक्षण सम्बर्द्धन गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई सहयोग तथा अनुदानका कार्यक्रम सञ्चालन गर्न जोडदार माग गर्दछ । मिडिया मैत्री नीति तथा कानून बनाउन माग गर्दै नेपाल पत्रकार महासंघसंग समन्वय गर्न माग गर्दछ ।

४. स्थानीय, प्रदेश र संघीय सरकारलाई समानुपातिक रुपमा विज्ञापन वितरण गर्न जोडदार माग गर्दछ । स्थानीय विज्ञापन स्थानीय मिडियालाई प्राथमिकता साथ दिने व्यवस्था माग गर्दछ ।

५. अनलाईन आमसञ्चार माध्यमको दर्ता र नविकरण, पत्रकार परिचयपत्रको वितरण र नविकरण जिल्ला तहबाटै उपलब्ध गराउन सरकारसँग माग गर्दछ ।

६. समाचारमूलक आमसञ्चार माध्यम र सोसल मिडियाबारे सर्वसाधरणमा एकै बुझाई भएकाले फेसबुक, यूटुब लगायतका सामाजिक सञ्जाललाई व्यवस्थित गर्न नीति, विधि, कार्यविधि, निर्देशिका र ऐन, कानून निर्माण माग गर्दछ ।

७. श्रमजीवि पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्न माग गर्दछ ।

८. आर्थिक मन्दीका कारण जिल्लामा सञ्चालित आमसञ्चार माध्यमको दीगोपनाका लागि स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बन्न ध्यानाकर्षण गर्दछ ।

९. नेपाल पत्रकार महासंघको सदस्यता वितरण गर्दा मापदण्ड पुगेका क्रियाशिल पत्रकारलाई सरल र सहज विधिमा सदस्यता उपलब्ध गराउन र पत्रकारिता पेशामा क्रियाशिल नरहेका सदस्यहरुलाई स्वघोषणा वा स-सम्मान सदस्य नरहेको व्यवस्था मिलाउन सम्बद्ध सबैमा आग्रह गर्दछ ।

१०. पत्रकारिता पेशवा वा व्यवसायिक क्षेत्रका साझा समस्या तथा सवालहरुमा सरोकारवालाबीच छलफल, अन्तरक्रिया, गोष्ठि, सम्मेलन गरी समाधानका उपाय खोज्नुपर्ने ।

११. पत्रकारलाई निर्वाध रुपमा समाचार तथा फोटो, भिडियो संकलन गर्ने व्यवस्था मिलाउन र पत्रकारका विरुद्ध हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सम्बद्ध सबैमा जोडदार माग गर्दछ ।

१२. महिला, जनजाति, दलित, मधेशी, मुस्लिम, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिलाई पत्रकारिता पेशामा आबद्ध गराउन र पत्रकारिता पेशामा टिकाउने खालका कार्यक्रम सञ्चालन गर्न सम्बद्ध सबैमा हार्दिक आग्रह गर्दछ ।

१३. बाँकेका पर्यटकीय गन्तब्यहरु बाँके राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दिर, बर्फानी बाबा, सन्तानेश्वर मन्दिर, शैयद नुरखलिफा, गुरुद्वारा लगायतका क्षेत्रको विकास निर्माण र नयाँ पर्यटकीय गन्तब्यको पहिचान गर्न सम्बद्ध सबैमा आग्रह गर्दछ ।

१४. नेपाल पत्रकार महासंघ बाँके शाखाको १४ औं साधारणसभामा प्रमुख अथिति नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट, बिशेष अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाई, पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, अग्रज पत्रकार, पत्रकार सम्बद्ध विभिन्न संघसंगठनका प्रमुख सहित सम्पूर्ण अतिथीलाई धन्यवाद ज्ञापन गर्दै यो साधारणसभा पुरस्कृत एवं सम्मानित हुनुहुने सबैलाई बधाई सहित सहयोग गर्नुहुने सबै निकायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

Previous articleनेपाली राजनीतिमा कोइरालाको योगदान सदा स्मरणीय : नेता डा.शशांक
Next articleनेपालगञ्जमा २० लाखको अबैध सामानसहित एक बस प्रहरी नियन्त्रणमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here