नेपालगञ्जमा २० लाखको अबैध सामानसहित एक बस प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । भन्सार छलिको अबैध सामानसहित ढुवानीमा प्रयोग भएको बस प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके प्रहरीले शनिबार नेपालगञ्जबाट ठुलो मात्राको अबैध सामानसहित ढुवानीमा प्रयोग बसलाई नियन्त्रणमा दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१२ बि.पी.चोकबाट भे.१ ख. ३१४९ नंम्बरको बसमा भारतबाट अबैध रुपमा भन्सार छलि गरी ल्याउँदै गरिएको २० लाख बढीको अबैध सामान बरामद भएको छ ।

दुई थान ऐसी, ४८ पिस कुर्ता सुरुवाल, ३० रोल रोल कपडा, र भे.१ ख.३१४९ नंम्बरको बससहित बिस लाख अठ्चालीस हजार बराबरको अबैध सामान बरामद भएको बाँके प्रहरीले जनाएको छ ।

समानसहित प्रयोग बसलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज पठाईएको छ ।

Previous article१४ बुँदे घोषणापत्र जारी गर्दै महासंघ बाँकेकाे साधारणसभा सम्पन्न
Next articleनेपालगञ्ज वडा नं-२ मा साईबर अपराधबारे अभिमुखिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here