नेपालगञ्ज वडा नं-२ मा साईबर अपराधबारे अभिमुखिकरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२ को आर्थिक सहयोगमा सभ्य समाज नेपाल बाँकेको आयोजनामा एक दिने साईबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ ।

कार्यक्रमलाई उद्घाटन गर्दै वडा नं-२ का वडाअध्यक्ष मनोज कुमार श्रेष्ठले पछिल्लो समय साईबर अपराधका घट्ना बढ्दै गएको बताउनुभयो । उहाँले बढ्दो विकासक्रमसँगै समाजमा इन्टरनेटको माध्यमबाट समस्याहरु निम्तिरहेको हुँदा यसको नियन्त्रणमा सबै सजग हुनुपर्ने बताउनुभयो ।

वडासदस्यद्वय गितादेवी राना र तुल्सादेवी परियारले यस्ता कार्यक्रम सबैलाई आवश्यक रहेकोमा जोड दिनुभयो । वडाभित्रका युवा वर्गलाई सचेत बनाउन यो कार्यक्रमका लागि आफुहरुले बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो ।

आयोजक सभ्य समाज नेपालका अध्यक्ष सूर्यलाल यादवको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी रेनु सिंह ठाकुरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा उच्च अदालत बार एसोशियसनका सदस्य एवं अधिवक्ता हिरा बहादुर श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा ४८ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा साईबर अपराध, अवस्था, बिद्यमान समस्या, निम्तिने समस्या, भएको नीति नियम, हामीले गर्नुपर्ने कुरा, सावधानी जस्ता बिषयबस्तुका बारेमा छलफल गरिएको थियो ।

Previous articleनेपालगञ्जमा २० लाखको अबैध सामानसहित एक बस प्रहरी नियन्त्रणमा
Next articleबाँकेमा पहिलोपटक विरहा प्रतियोगिता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here