
नेपालगञ्ज । बाँकेमा प्राचिन स्मारकसहित तीन जना पक्राउ परेका छन् । बाँके प्रहरीले राप्तिसोनारी गाँउपालिका वडा नं-८ ढकेरी–शम्सेरगंज सडकखण्डबाट असार ११ गते ३ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं-११ बस्ने ५० वर्षीय खिम बहादुर कुवँर, सोही ठाउँका ५० वर्षीय रामु न्यौपाने र दाङको घोराही उपमहानगरपालिका वडा नं-१५ का ५८ वर्षीय निम बहादुर कुवँर प्राचिन स्मारकसहित पक्राउ परेका हुन् ।
शंकास्पद रुपमा रहेका तीनै जनालाई सोधपुछ गरी खानतलासी गर्दा उनीहरुमध्ये कुवँरले पछाडी बोकेको झोलाभित्र गौतम बुद्धको मुर्ती फेला परेको थियो ।
पक्रा परेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीले जानकारी दिनुभयो ।





