वडाले स्वास्थ्यलाई उपेक्षा गरेको गुनासो

नेपालगञ्ज । लुम्बिनी प्रदेशको उत्कृष्ट स्वास्थ्य चौकी उदयपुर स्वास्थ्य चौकीको सेवा प्रवाहलाई थप ब्यवस्थित गर्ने सरोकारवालाहरुले प्रतिबद्धता गरेका छन् ।

स्वास्थ्य संस्थाको सामाजिक परिक्षण कार्यक्रम अन्तरगत उदयपुर स्वास्थ्य चौकीको आज सम्पन्न आम भेला कार्यक्रममा उपस्थित सरोकारवाला र सहभागिहरुले यस्तो प्रतिबद्धता गरेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना र बास नेपालको सहजिकरणमा भएको आम भेलाले औषधीको प्रयाप्तता बढाउन नगरपालिकासँग पहल गर्ने, निर्माणाधीन बिरामी कुरुवा भवनलाई यथा सक्य सुचाउ गर्ने, सुत्केरी बेड न्यून रहेकाले संख्या विस्तारका लागि पहल गर्ने, स्वास्थ्य चौकीमा डाक्टरको दरबन्दीका लागि पहल गर्ने, भवन रंगरोगन तथा मर्मतका काम गर्ने, स्वास्थ्य चौकीमा ल्याब र प्रोटेवल मेसिन जडानका लागि आवश्यक पहल गर्ने, वडा कार्यालयको नयाँ नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमितामा राखेर बजेट विनियोजन गर्ने, स्वयम् सेवक उत्प्रेरणा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ ।

आम भेलामा प्राप्त तथ्यको प्रश्तुतीकरण र खुल्ला छलफलबाट उठेका बिषयहरुमा बोल्दै स्वास्थ्य ब्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष सुरेस सिंह ठाकुरले स्वास्थ्य संस्थाको विकास र बिस्तारका लागि पहल गर्ने प्रतिबद्धता गर्नुभयो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य चौकी इन्चार्ज बीरजंग शाहले चालु आर्थिक बर्षमा वडामार्फत स्वास्थ्यका लागि रकम विनियोजन नभएकोमा दुःख ब्यक्त गर्दै आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकतामा राख्न ब्यवस्थापन समिति अध्यक्षलाई अनुरोध गर्नुभयो । स्वास्थ्य चौकीलाई नमुनाको रुपमा अगाडी बढाउन प्रयासरत रहेको उहाँको भनाई थियो ।

Previous articleनेपालगञ्ज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
Next articleकिशोरी हत्या आरोपमा फरार अभियुक्त पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here