किशोरी हत्या आरोपमा फरार अभियुक्त पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले एक किशोरीको हत्या आरोपमा फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीले हत्या आरोपमा फरार बर्दियाको राजापुर नगरपालिका वडा नं-८ को २६ वर्षीय शलेन्द्र चौधरीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले चौधरीलाई बाँकेको जानकी गाउँपालिका वडा नं-१ पचपोखरास्थित नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

२०८० वैशाख २९ गते नेपालगञ्ज वडा नं-९ स्थित कोठा भाडामा दिएर बस्दै आएकी कोहलपुर नगरपालिका वडा नं-६ की २२ वर्षीया सुमदरानी थारुको हत्या गरेर फरार भएका थिए ।

प्रहरीले जिल्ला अदालत बाँकेबाट ५ दिन म्याद थप दिएर थप अनुसन्धान एवं कारवही अगाडी बढाएको बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीले जानकारी दिनुभयो ।

Previous articleवडाले स्वास्थ्यलाई उपेक्षा गरेको गुनासो
Next articleनेपालगञ्ज वडा नं-१२ ले गर्यो तीन स्वास्थ्य स्वंयसेविकालाई सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here