
नेपालगञ्ज । बाँके प्रहरीले २४ लाख रूपैयासहित नेपालगञ्जबाट हुण्डि कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले काराेबारमा संलग्न रहेका नेपालगञ्ज वडा नम्बर-१८ का २९ वर्षीय राजेश भुजु श्रेष्ठ, वडा नम्बर-३ का २५ वर्षीय सोयब कादरी हलवाई, कोहलपुर वडा नम्बर-७ का २९ वर्षीय निम बहादुर बोहरा र कन्चनपुरकाे भिमदत्त नगरपालिका वडा नम्बर-७ का ३० वर्षीय राहुल देवललाई पक्राउ गरेकाे हाे ।
देवल हाल नेपालगञ्ज वडा नंम्बर-३ मा बस्दै आएका छन् । प्रहरीले गाेप्य सूचनाका आधारमा नेपालगञ्ज वडा नम्बर-१२ बेलासपुरबाट उनीहरूलाई पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले बेलासपुरकाे एक पसलमा गरिएको खान तालसीबाट लाखौं रकमसहित विवरणसहितकाे नाेटबुक बरामद गरिएको जानकारी दिनुभयाे ।
प्रहरीले खान तलासी गरेकाे साे पसलबाट नगद चौबीस लाख बैसठ्ठी हजार तीन सय पन्ध्र, हरहिसाव राखेको कपी थान-१, सानो नोट बुक थान-१, बिभिन्न व्यक्तिको नाममा विभिन्न बैंकमा पैसा जम्मा गरेको भौचरहरुसमेत बरामद गरेेकाे जनाएको छ ।





