महिला एसिया कप : नेपालद्वारा यूएई पराजित

नेपालगञ्ज । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले जित हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराएको हो ।

टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय १८ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।

नेपाललाई महत्वपूर्ण जित दिलाउन बलिङतर्फ कप्तान इन्दू बर्मा र ब्याटिङतर्फ सम्झना खड्काले महत्वपूर्ण योगदान गर्नुभयो । इन्दूले तीन विकेट लिनुभयो भने सम्झनाले उत्कृष्ट अर्धशतकीय पाली खेल्नुभयो ।

अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा २४ वर्षीया सम्झनाले अविजित ७२ रन बनाउनुभएको छ ।

Previous articleबाँकेमा ६४ फरार प्रतिवादी पक्राउ, ८५ लाखको तस्करीको सामान बरामद
Next articleसैयद कृषि सहकारीको अध्यक्षमा सम्सुदुहा खान चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here