सिने रोयलले मनायो पहिलो बार्षिकोत्सव

नेपालगञ्ज । नेपाली सिने क्षेत्रका लागि प्रमुख गन्तव्यका रुपमा उदाएको नेपालगञ्जस्थित उच्चस्तरीय सिनेमाघर सिनेरोयलले विभिन्न आकर्षक योजनासहित शुक्रवार आफ्नो पहिलो बार्षिकोत्सव मनाएको छ ।

यस अवसरमा सिने रोयलले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । टिकट खरिदमा दर्शकलाई सहज होस भन्ने हेतुले एप तयार गरिएको हो ।

भविष्यमा खाद्य परिकारसहित अन्य सेवामा समेत छुट दिने गरी काम अघि बढाइएको सिने रोयलका सिओओ रितेश श्रेष्ठले जानकारी गराउनुभयो । यस एपमार्फत अबको एक सातासम्म सिने रोयलमा कुनैपनि सिनेमाको टिकट खरिद गर्ने दर्शकलाई लक्की ड्रमार्फत यति एयरलाइन्सको पर्वतीय उडान जित्ने मौका समेत रहनेछ ।

अबको दुई दिनसम्म टिकट खरिद गर्ने दर्शकका लागि नेपालगञ्जस्थित वल्र्डलिंकले बिभिन्न प्याकेजमा २५ प्रतिशतसम्म छुट दिने सिने रोयलका मार्केटिङ म्यानेजर सौगात विक्रम शाहले बताउनुभयो ।

विभिन्न आकर्षक प्याकेजसहित पहिलो बार्षिकोत्सव मनाउन पाउँदा सिने रोयलका संस्थापक डा.विनोद थापाले खुशी व्यक्त गर्नुभयो । डा.थापा पश्चिम नेपालमा चर्चित हाडजोर्नी बिशेषज्ञका रुपमा परिचित हुनुहुन्छ ।

उहाँका सुपुत्र डा.राहुल थापाको परिकल्पनाको प्रतिफल हो, सिने रोयल । पश्चिम नेपालमा स्तरीय साउण्ड सिस्टम र प्रविधियुक्त सिनेमा घरको परिकल्पना डा.राहुलले गर्नुभएकोथियो ।

र, गत बर्ष साउन ११ गते सिने रोयलले आफ्नो सेवा सुरु गरेको थियो । सिने रोयलको सफल यात्राका लागि संस्थापक डा.थापाले सम्पुर्ण नेपालगञ्जबासीप्रति आभार प्रकट गर्नुभयो ।

सिने रोयलको एक बर्षे यात्रामा गदर २ सर्वाधिक आम्दानी गर्ने सिनेमा बनेको छ भने परदेशी २ ले नेपाली सिनेमाहरुमध्ये सर्वाधिक कमाइ गर्ने सुचिमा आफ्नो नाम लेखाएको छ । त्यसैगरी महाजात्रा ५१ दिनसम्म लगातार दर्शकको मन जित्न सफल सिनेमा बनेको छ ।

Previous articleसकारात्मक सिकाइ वातावरण सिर्जनाका लागि गुलरियामा दुई दिने गोष्ठी
Next articleबाँकेमा एक वर्षमा १९ हजार बढी पिन्ट रगत वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here