बाँकेमा एक वर्षमा १९ हजार बढी पिन्ट रगत वितरण

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार सेवाको आयोजनामा ५९औं रक्तसंचार सेवा दिवसका अवसरमा स्वयंसेवी रक्तदातालाई सम्मान र आजीवन सदस्यता वितरण गरेको छ ।

दिवसका अवसरमा पोजेटिव समुहका २५ पटक भन्दा बढी र दुलर्भ (नगेटिव) समुहका १५ पटक भन्दा बढी रक्तदान गर्ने ३९ जना स्वयंसेवी रक्तदाताहरुलाई सम्मान स्वरुप नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्यता प्रदान गरिएको छ ।

वि.स.२०२३ सालमा रक्त संचार सेवाको स्थापना भएको थियो । नेरेसो प्रादेशिक रक्त संचार सेवा नेपालगञ्जबाट आ.बा. २०७९/०८० मा बार्षिक १३ हजार ४ सय ९० सकंलन र १९ हजार ९ सय ९३ पिन्ट रगत वितरण भएको सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो ।

१०० पटक रक्तदान गर्नु हुने शतक रक्तदाता पवन जासवाललाई रेडक्रसका पूर्व केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा, सनतकुमार रेग्मी र शाखा सभापति गोवर्धन सिंह सम्झनाले प्रशंसा पत्र र दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो भने ३९ जना स्वयंसेवी रक्तदाताहरुलाई अजीवन सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो ।

सभापति सम्झनाले रक्त संचार सेवा रक्तदाताहरुबाट नै संचालन हुने हुदाँ यस महान कार्यमा योग्दान गर्नुहुने सबै स्वयंसेवी रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।

सम्मान ग्रहण गर्दै शतक रक्तदाता जायसवालले हरेक व्यक्तिले ३÷३ महिनामा रक्तदान गरेमा स्वस्थ्य हुने र मानव जीवन रक्षा हुने बताउँदै युवाहरुलाई रक्तदान गर्न उत्प्रेरित गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल स्वर्यसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, स्वयंसेवी रक्तदाता जायसवाल, नेरेसो बाँके शाखा उपनिर्देशक दोलखबहादुर डाँगी, लगायतले विचार व्यक्त गर्नु भएको थियो ।

Previous articleसिने रोयलले मनायो पहिलो बार्षिकोत्सव
Next articleप्रदेश मन्त्री कुर्मीलाई युनियनको सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here