प्रदेश मन्त्री कुर्मीलाई युनियनको सम्मान

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँके शाखाले लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री बादशाह कुर्मीको स्वागत तथा बधाई कार्यक्रम गरेको छ । युनियन बाँकेले आइतबार आज नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरी स्वागत तथा बधाई दिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री कुर्मीले युनियनले गरेको सम्मानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले व्यवसायिक पत्रकारिताको विकासका लागि आफुले गर्न सक्ने पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । स्वागत तथा बधाई कार्यक्रममा उहाँले मिडियाबाट आफु लक्षित विषयमा आइरहेका समाचारप्रति यर्थाथता बुझिदिन आग्रह गर्नुभयो ।

मानवअधिकारकर्मीको खोल ओढेका निहित स्वार्थसिद्ध व्यक्तिले पैसाका लागि आफुमाथि निर्मला कुर्मीको हत्या आरोप लाद्ने प्रयास गरेको स्पष्ट पार्नुभयो । ‘यदि कोही कसैमाथि धेरै अनुसन्धान भएको छ, भने त्यो मेरो माथि भएको छ,’ मन्त्री कुर्मीले भन्नुभयो, ‘सिआईबीले हालसम्म पाँच पटक मेरो बारेमा अनुन्धान गरिसकेको छ । म दोषी भएको भए मलाई सजाय दिन्थ्यो होला त ?’

‘निर्मला कुर्मी जसको हत्या भयो भन्ने आरोप ममाथि लगाइएको छ । त्यसका बिषयमा संचारकर्मी स्वयंमले पनि अनुसन्धान गरेर सत्य तथ्य समाचार लेख्ने हो,’ मन्त्री कुर्मीले भन्नुभयो, ‘कुनै कुरामा समस्या छ भन्ने कुरा राज्यको चौथौ अंङ्गले औल्याउनुपर्नेमा आफै न्यायधिस भएका छन् । यो गलत हो ।’

राजधानी काठमाण्डौं बसेर घट्नाको वास्तविकता अनुसन्धान नगरेर एक महिलाको भनाईको आधारमा समाचार लेख्नुभन्दा बाँके आएर सत्य सथ्य रिर्पोटिङ्ग गर्न पत्रकारलाई आग्रह गर्नुभयो । आफू निर्दोष रहेको दाबी गर्दै उहाँले भन्नुभयो, ‘म दोषी भए जेल होइन फाँसीको सजाय भोग्न तयार छु ।’

‘जब जब म निर्वाचनमा होमिँए, कुनै पद पाए, त्यो बेला रुबि खान लगायत केही व्यक्तिहरु मेरो चरित्र हत्या गर्न खोजे,’ मन्त्री कुर्मीले भन्नुभयो, ‘मैले उसको कहिल्यै केही बिगारेको पनि छ्रैन्, उसको केही खाएको पनि छैन, तर पनि म बिरुद्ध उनीहरु लागेका छन् । ४० वर्षको राजनीतिमा मैले कसैको केही बिगारेको छैन, कसैसँग एक रुपियाँ पनि लिएको छ्रैन् ।’

प्रेस युनियन बाँकेको अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा युनियन लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष जय सिंह केसी, महासचिव नविन गिरी, नेपाली कांग्रेसका महासमिति सदस्य अजित शर्मा, खजुरा गाउँपालिका उपाध्यक्ष मञ्नु मल्ल, युनियन प्रदेश सदस्य गौरव गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, अग्रज पत्रकार एवं युनियनका नेता निरज गौतम र बिजय बर्मा, पत्रकार महासंघ लुम्बिनीका सल्लाहकार राकेश कुमार मिश्र, युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओली, नेपाली कांग्रेस लुम्बिनीका प्रचार विभाग सदस्य रविन्द्र घिमिरे, पत्रकार महासंघ लुम्बिनीका सदस्य मोहम्मद आरिफ अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

Previous articleबाँकेमा एक वर्षमा १९ हजार बढी पिन्ट रगत वितरण
Next articleशिक्षकहरूका लागि ठाकुरबाबामा तीन दिने क्षमता बिकास गोष्ठी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here