लुम्बिनीमा एउटै कार्यालयमा दुई वर्ष कार्य अवधि पुगेका सबै अधिकृतको सरुवा

दाङ । लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले १ सय २४ जना कर्मचारीको सरुवा एकैपटक गरेको छ । लुम्बिनी प्रदेश सरकारको नीति अनुसार वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौंसम्मका कर्मचारीको सरुवा गर्नुुभएकाे हाे ।

वन तथा वातावरण मन्त्री कुर्मीले गरेको निर्णय प्रदेशको सरकारको नीति अनुसार हालसम्मकै ऐतिहासिक निर्णय हो । दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने नीति प्रदेश सरकारको रहेको छ । तर त्यसको कार्यान्वयन कुनैपनि मन्त्रालयले गरेका थिएनन् । प्रदेश सरकारले हरेक वर्ष भदौं ७ गतेसम्म कर्मचारी सुरुवा गर्नुपर्ने नीति बनाएको छ ।

त्यही नीतिलाई पालना गर्दै मन्त्री कुर्मीले एउटै कार्यालयमा दुई वर्षभन्दा धेरै कार्यरत कर्मचारीहरुको सरुवा गर्नु भएको हो । मन्त्रालयले सार्वजनिक गरेको सरुवा लिष्टमा दुई बर्षभन्दा बढी कार्यरत सबै अधिकृत र रेन्जरहरुको सरुवामा भएको छ ।

लामो समयसम्म एकै जिल्लामा बसेर काम गरिरहेका धेरै अधिकृतहरु सरुवामा परेका छन् । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समहाल्नुभएका मन्त्री कुर्मीले नीतिगतरुपै निर्णय गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एकै स्थान र जिल्लामा बसेर काम गर्दा कामको प्रभावकारिता पनि घटेर जान्छ । कर्मचारीको नियमित सरुवा नहुँदा जिल्लामा समस्याहरु पनि सृजना भैरहेको हुन्छ । गुनासोका आधारमा हामीले यो निर्णय गरेका हौं । कर्मचारीको कामको मुल्यांकन गर्नको लागि नियमित सरुवा आवश्यक छ ।’

अब दोस्रो चरणमा वनरक्षक तहसम्म यस प्रकारको सरुवा गर्ने योजना रहेको उहाँले बताउनु भयो । गत बर्षपनि मन्त्रालयले ७ बर्ष बढी अबधी काम गरेका अधिकृतहरु सरुवा गरेको थियो ।

मन्त्रालयले वन प्रशासनलाई व्यवस्थित र चुस्त बनाउन गरेको यो निर्णय मन्त्रालयस्तर भएको पहिलो निर्णय हो । हालसम्म दुई बर्षे हद कुनै मन्त्रालयले मातहतका अधिकृतलाई लगाउन सकेको छैन ।

सरुवाका लागि ऐनमा उक्त कुरा समाबेश भएपनि कार्यान्वयन भने यो नै पहिलो देखिन्छ । सुशासन र चुस्त प्रशासनको लागि यो तवरको सरुवा प्रशंसनिय रहेको कर्मचारीहरुले बताएका छन् ।

Previous articleपराराष्ट्र मन्त्री राणा र साउथ एशियन युनिभर्सिटीका कुलपति अग्रवालबीच शिष्टाचार भेट
Next articleथाकस बाँकेका नव निर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here