थाकस बाँकेका नव निर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

नेपालगञ्ज । थारु कल्याणकारिणी सभा बाँकेका नव निर्वाचित पदाधिकारीहरुले शुक्रबार पदभार ग्रहण गरेकाछन् ।

गत साउन ३२ गते सम्पन्न थारु कलयाण कारीणी सभा बाँकेको ११ औं अधिवेशनबाट निर्वाचित संगिता चौधरी नेतृत्वका पदाधिकारीहरुलाई निर्वाचन अधिकृत तथा अधिवक्ता राधेश्याम थारुले एक समारोहकाबिच प्रमाण पत्र प्रदान गरेर पदभार ग्रहण गराउनुभएकाे हाे ।

कार्यक्रममा थारु कारीणी सभा बाँकेका निवर्तमान सभापति विनोद थारुले नव निर्वाचित सभापति संगिता चौधरीलाई माईनुट हस्तान्तरण गर्नुभएकाे थियाे । साथै निर्वाचन अधिकृत थारुले सभाको केन्द्रीय पार्सदमा सिफारिस हुनुभएका चन्द्र चौधरी, जीत बहादुर चौधरी, जागेश्वर सिंह थारुलगायतलाई प्रमाण पत्र प्रदान गर्नुभएकाे थियाे ।

पदभार ग्रहण कार्यक्रममा थारु कल्याणकारीणी सभा नेपालगञ्ज नगरसमितीका सचिव शम्भु प्रसाद थारु, थारु पत्रकार संघ बाँकेका सचिव जागेश्वर सिंह थारु, पूर्व अध्यक्ष विमला चौधरीलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियाे ।

पदभार ग्रहण कार्यक्रम पश्चात टिकापुर थरुहट थारुवान बिद्रोह दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा सिङ्गो नेपालका थारु समुदायको हक अधिकार स्थापित गर्न थालिएको अन्दोलनका क्रममा बाहिरी घुसपैठबाट टिकारपुर घटना घटेको भएपनि राज्य अनविज्ञ जस्तो भएर सबै दोष थारुलाई थोपीरहेको बक्ताहरुले औंल्याएका थिए ।

टिकापुर घटना थारु समुदायको साझा मुद्दा भएको बताउँदै कार्यक्रमका सहभागीले घटनाका नाममा सजाय भोगीरहेका राज बन्दीहरुलाई विना सर्त रिहाईका लागि पहल गर्न देशभरका थारुहरु एक जुट हुनुपर्ने बताएका थिए । २०७२ भदौ ७ गते भएको टिकापुर नरसंम्हारका कारण थारु समुदायले भदौ ७ लाई कालो दिनको रुपमा मनाउँदै आएका छन् ।

Previous articleलुम्बिनीमा एउटै कार्यालयमा दुई वर्ष कार्य अवधि पुगेका सबै अधिकृतको सरुवा
Next articleउपमहानगरले ६४ छाडा पशुचौपाया काञ्जीहाउस पुर्यायो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here