उपमहानगरले ६४ छाडा पशुचौपाया काञ्जीहाउस पुर्यायो

नेपालगञ्ज । नेपालगञ्ज उपहानगरपालिकाले नगरमा छाडा छाडिएका पशुचौपाया व्यवस्थापन गर्न थालेको छ । यो समयमा बर्षेनी सडकमा छाडा पशुचौपायाको संख्या बढ्ने गर्दछ ।

जथाभावीरुपमा पशुचौपाया छाडा छाडिदिँदा दुर्घटनाको जोखिम बढेपछि ब्यवस्थापन गर्न थालिएको हो ।आजदेखि नगरका छाडा पशुचौपायालाई धपाउँदै काञ्जीहाउस लैजान थालिएको छ ।

आज विहान छाडा छाडिएका ६४ वटा पशु वडा नम्बर २१ विर्तास्थित काञ्जीहाउसमा लगिएको नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीले जानकारी दिनुभयो । ती मध्ये  गाईगोरु ५२ वटा र घोडा १२ वटा छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा नगर प्रहरीले नगरका विभिन्न स्थानमा छाडा छाडिएका पशुचौपाया एकत्रित गरेर काञ्जीहाउस पुर्याएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापन कार्यमा सहयोगका लागि जिल्ला प्रहरी कार्यालय बाँकेलाई धन्यवाद दिएको छ ।

नगर प्रमुख प्रशान्त विष्टले आ-आफ्ना पशुचौपाया घरमै बाँध्न आग्रह गर्नुभएको छ । नगर प्रमुख विष्टले पशुचौपाया छाडा छाडेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

“सडक कुरुप बनेको छ, दुर्घटनाको जोखिम बढेको छ, सम्बन्धित पशुधनीले आफैं सडकमा पशु छाड्ने गरेका छन्, सबैलाई मेरो आग्रह छ, पशुचौपाया घरमै बाँधौं अन्यथा हामी कडा कारबाही गर्न बाध्य हुनेछौं,” नगर प्रमुख विष्टले भन्नुभयो । नेपालगञ्जमा खुला सीमानाका कारण पनि छाडा पशुचौपाया ब्यवस्थापनमा चुनौति थपिएको छ । 

Previous articleथाकस बाँकेका नव निर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण
Next articleशिक्षा आर्जनको बहानामा हजारौं युवाहरु बिदेशिन बाध्य : नगर प्रमुख बिष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here