शिक्षा आर्जनको बहानामा हजारौं युवाहरु बिदेशिन बाध्य : नगर प्रमुख बिष्ट

नेपालगञ्ज । युवा घरको तेश्रो बार्षिक साधारण सभा तथा दोश्रो अधिबेशन शनिवार सम्पन्न भएको छ । संस्थाले वर्षभरी गरेका कार्यक्रमको समिक्षा तथा भावी कार्ययोजना तय गर्दै सो साधारण सभा सम्पन्न भएको हो ।

उद्घाटनमा बोल्दै नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टले शिक्षा आर्जन गर्ने बहानामा वर्षेनी हजारौं युवाहरु बिदेशिन बाध्य भएको बताउनुभयो । शिक्षाका लागि बिदेश जाने तर फर्केर स्वदेश नआउने प्रवृृद्धिको विकास भएको बताउँदै युवाहरुलाई स्वदशमै रोक्ने अवसरको सिर्जना गर्नेतर्फ लाग्नुपर्ने नगर प्रमुख विष्टको भनाइ थियो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं-९ अध्यक्ष गोविन्द रेग्मीले संस्था दर्ता हुन मात्रै ठुलो कुरा नभएको बताउँदै उद्देश्यअनुरुप संस्थालाई चलायमान गर्न सक्नु नै महत्वपुर्ण हुने बताउनुभयो । समाज रुपान्त्रणमा युवाहरुको महत्वपुर्ण भुमिका उल्लेख गर्दै रेम्मीले बिभिन्न प्रकारको कुलतमा फसेका युवाहरुको पुर्नस्थापना गर्नु आजको आवश्यता रहेकोमा जोड दिनुभयो ।

गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाका सदस्य गणेश भट्टराईले देश निर्माणमा युवाहरुको भुमिका महत्वपुर्ण भएको भन्दै युवाको क्षेत्रमा महत्वपुर्ण काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा युवा घरका अध्यक्ष भण्डारीले संस्थाले गरेको कार्यक्रम तथा भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Previous articleउपमहानगरले ६४ छाडा पशुचौपाया काञ्जीहाउस पुर्यायो
Next articleयुवा घरको अध्यक्षमा पुनः भण्डारी चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here