नेपाल प्रहरीमा एकैपटक ५८७ जना इन्सपेक्टरको सरुवा

नेपालगञ्ज । नेपाल प्रहरीले एकैपटक ५८७ जना इन्सपेक्टरको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले यही भदौ १७ गतेको निर्णय अनुसार इन्सपेक्टरहरुको सरुवा गरेको जनाएको छ ।

जस अनुसार साविक दरबन्दी काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय रहेको अरुण बमको वडा प्रहरी कार्यालय नेपालगञ्जमा सरुवा भएको छ ।

यस्तै नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास कार्यालय नक्साल रहनुभएको उपेन्द्र बहादुर बुढाथोकीको इलाका प्रहरी कार्यालय जुमनाहा काज सरुवा भएको छ ।

सूचनामा लेखिएअनुसार इन्सपेक्टरहरुले तलब भत्ता हाल सरुवा भएकै स्थानबाट पाउने छन् ।

हेर्नुहोस् सरुवा सूचीः

https://drive.google.com/file/d/13sJ6dJ78WgpHJOOOQtejM0jL60-odBbI/view

Previous articleझाडापखालाका कारण नरैनापुरमा चार जनाको मृत्यु
Next articleसामूहिक तीज गीत प्रतियोगिता : कोपिला महिला कृषि सहकारी प्रथम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here