न्यु भिजन युथ क्लबद्वारा सरसफाइ

नेपालगञ्ज । न्यु भिजन युथ क्लबले नेपालगञ्ज वडा नं-७ मा मंगलबार सरसफाइ गरेको छ । युवा क्लबका पदाधिकारी, सदस्य तथा स्थानीयको सहभागितामा वडाको विभिन्न टोलमा सरसफाइ गरेको हो ।

क्लबका सहसचीव समीर अली बेहनाले उक्त कार्यक्रमको शुरु गर्दै मानव जीवनमा सरसफाइको निकै ठुलो महत्त्व रहेको बताउनुभयो । उहाँले वातावरण सरसफाइले मानवको स्वास्थमा सकारात्मक नकारात्मक असर पार्ने भएकोले हरेक व्यक्तिले आफ्नो टोल, घर आँगन सफा राख्नुपर्ने बताउनुभयो ।

फोहोरले मानिसको स्वास्थमा नकारात्मक असर पार्ने विभिन्न किसिमका रोगहरु लाग्ने सामाजिक सुन्दरतामा कमि आउने भएकोले सरसफाइ गर्नु सबैको जिम्मेवारी हो । पश्चिम पिपल बोटबाट सुरु गरिएको सरसफाइ प्रताप नेपालीको घर हुँदै स्वास्थ चौकी परिसरमा समापन गरिएको थियो ।सहभागीहरुले फोहोर मैला टिपेर जलाउने खाल्डोमा हाल्ने र जनचेतना मुलक नारा सहित सचेतना जगाएका छन् । यस अवसरमा संस्थाका संस्थापक अध्यक्ष प्रकाश नेपाली ,उपाध्यक्ष रेनु नेपाली, सचिव अस्मिता गुरुङ्ग, कोषाध्यक्ष सुरज नेपाली, प्रियंका नेपाली, सदस्य रेचल क्षेत्री, कल्पना चौधरी (नेपाली), सुशीला नेपाली, पदमी नेपाली, दीपा नेपाली, देवी खड्का, राजेन्द्र नेपाली, पुनम नेपाली, कमला नेपाली र वडा नं-७ का प्रतिनिधिहरूको सहभागिता थियो ।

कार्यक्रमको समापन गर्दै उपाध्यक्ष रेनुले फोहोर जति खाल्डोमा भन्ने नारासहित जनसमुदायलाई फोहोर व्यवस्थापन गर्न आग्रह गर्नु भयो । उहाँले भन्नूभयो, जुन समाजले आफ्नो टोल, घर आँगन सफा गर्न सक्दैन, त्यो समुदाय, समाजलाई रोग लाग्नबाट कसैले जोगाउन सक्दैन । हामीले हाम्रो स्वास्थलाई ध्यानमा राखी सरसफाइ गर्न जरुरी छ ।

Previous articleसामूहिक तीज गीत प्रतियोगिता : कोपिला महिला कृषि सहकारी प्रथम
Next articleरगतको उपलब्धता सहज बनाउन सबैको सक्रियता जरुरी : सभापति सम्झना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here