रगतको उपलब्धता सहज बनाउन सबैको सक्रियता जरुरी : सभापति सम्झना

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटीको ६२औं स्थापना दिवसको अवसरमा नेपालगञ्जमा रक्तदान गरिएको छ ।

“मानवतालाई जीवित राखौं” भन्ने नाराका साथ स्थापना दिवसको अवसरमा रेडक्रस सोसाइटी बाँके बगिया उपशाखाले नेपालगञ्जमा रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै रेडक्रस बाँकेका सभापति गोवर्धन सिंह सम्झनाले सबै संघ संस्था, व्यक्ति सामाजिक सेवामा योगदान पुर्याउन जरुरी रहेको बताउनुभयो ।

उहाँले सबैको सक्रियता भयो भने मात्रै समाजका केही आवश्यकताहरु छिटो र सहजरुपमा उपलब्ध गराउन सकिने अवस्था निर्माण हुने बताउनुभयो ।

‘रगत पनि यही समाजको आवश्यकता हो,’ उहाँले भन्नुभयो, ‘तर सबैको सक्रियता हुन नसकेका कारण नै यसको उपलब्धता सहज हुन सकिरहेको छैन ।’

कार्यक्रममार्फत १५ जनाले रक्तदान गरेको सचिव गोबिन्द्र प्रसाद घिमिरेले जानकारी दिनुभयो । उपशाखा सभापति बिष्णु प्रसाद सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Previous articleन्यु भिजन युथ क्लबद्वारा सरसफाइ
Next articleनेपालगञ्जको खानेपानी समस्या समाधान आयोजना सात वर्षसम्म अधुरै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here