लैङ्गिक हिंसा र मानव बेचविखन सम्बन्धि विद्यार्थीलाई सचेतना

नेपालगञ्ज । मानव वेचविखन तथा ओसापसार विरुद्धमा नेपालगञ्जका विद्यार्थीहरुलाई सचेत गराइएको छ ।

मानव बेचविखन तथा ओसापसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा नेपालगञ्जका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सचेतना जगाउने कार्य गरिएको हो ।

दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज उपमहानरगपालिका वडा नं-१७ मा रहेको श्री ज्ञानसागर माध्यमिक विद्यालय तथा वडा नं-१८ मा रहेको श्री देउतादिन माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

अभिमुखिकरणमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थिहरुहरुको सहभागिता रहेको थियो भने उनीहरुलाई लैङ्गिक हिंसा र मानव बेचविखन सम्बन्धि छलफल गरिएको थियो ।

प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविन शर्मालेको नेतृत्वमा सो कार्यक्रम संचालन भएको जनाइएको छ ।

Previous articleनेपालगञ्जको खानेपानी समस्या समाधान आयोजना सात वर्षसम्म अधुरै
Next articleबाँकेमा डेंगु र स्क्रवटाइफसको सङ्क्रमण बढ्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here