धम्बोझीलाई एन एम बि बैंकको सहयोग

नेपालगञ्ज । एन एमबी बैंकले धम्बोझी माध्यमिक विद्यालय नोपालगञ्जलाई पंखा सहयोग गरेको छ । बैंकका कर्मचारीहरु विद्यालयमै पुगेर विद्यालयलाई २३ वटा पंखा सहयोग गरेका थिए ।

नेपालगञ्ज शाखाका प्रबन्धक बिराज गौतमले विद्यालयमा आवश्यक रहेकाले सहयोग गरिएको बताउनुभयो । प्रबन्धक गौतमको नेतृत्वमा विद्यालयका प्रधानाध्यापक बामदेव सुवेदीलाई उक्त पंखा हस्तान्तरण गरिएको थियो ।

सहयोग गरिएकोमा बैंकलाई विद्यालयले धन्यवाद दिँदै आगामी दिनमा सामुदायिक विद्यालयलाई राम्रो बनाउनका लागि समुदायका सबै वर्गको समन्वय सहकार्यको आवश्यकतामा जोड दिएको थियो ।

बैंकले सामाजिक उत्तरदायित्वको जिम्मेवारीलाई बहन गर्दै सो सामाग्री सहयोग गरेको जनाएको छ । सो क्रममा एरिया म्यानेजर युवराज पाठक, एस बि डि एम हंस बहादुर धामी र बिडिएम विरेन्द्र चौधरीको समेत उपस्थिति रहेको थियो ।

Previous articleलागूऔषध प्रयोगकर्तालाई उपचार दिनुपर्नेमा जाेड
Next articleसंगठन सुदृढीकरणका लागि कांग्रेसले ८१ वटै वडामा खटायो प्रतिनिधि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here