
बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा नं-५ स्थित तर्कापुरमा एक महिलाको हत्या भएको छ ।
गएराती (मंगलबार) सोही ठाउँ निवासी ३९ वर्षीया मीना थारुको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डिएसपी) तुल्सीराम अर्यालका अनुसार गएराती १२ बजेर २० मिटेममा थारुको हत्या भएको छ ।
मिनाको बारबर्दिया नगरपालिका वडा नं-११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु (पप्पु) ले हत्या गरेका हुन् ।
पप्पुले मीनाको घरमै गएर टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेको डिएसपी अर्यालले बताउनुभयो ।
घाइते मीनाको उपचारका लागि बारबर्दिया नगर अस्पताल जयनगर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
हत्यापछि फरार भएका शिवप्रसादलाई प्रहरीले बारबर्दिया नगरपालिका वडा नं-५ को सिटीबरेली क्षेत्रबाट पक्राउ गरेको छ ।
डिएसपी अर्यालले हत्याको कारण नखुलेको र अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।





