नेपाली काँग्रेसका नेता लाेनिया जसपामा प्रवेश

नेपालगञ्ज । नेपाली काँग्रेसका नेता हिरालाल लाेनिया जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

सजपाका महासचिव एवं पूर्व मन्त्री माेहम्मद ईस्तियाक राईले लाेनियालाई शनिबार दाेसल्ला खादा र मिठाईले पार्टीमा प्रवेश गराउनुभएकाे थियाे ।

जसपामा प्रवेश गर्ने क्रममा जसपा लुम्बिनी प्रदेशका नेता जयप्रकाश बर्मा, माजिद शेष, जिल्ला संगठन बिभाग प्रमुख अतहर हुसेन फारुकी, जिल्ला सचिव राजेन्द्र बिश्वकर्मा, नगर अध्यक्ष अरुण सिंह, शिक्षक संघका अध्यक्ष आदित्य बर्मा, समाजवादी युवा संघका जिल्ला अध्यक्ष मोहम्मद अहमद राई, जसपा जानकी गाउँपालिका अध्यक्ष धर्मराज बर्माले संयुक्तरूपमा स्वागत गर्नुभएको थियाे ।

लाेनिया तत्कालीन मधेशी जनधिकार फोरमका जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । मधेसी अन्दोलनका नायक भएर १४ महिना जेलसमेत बस्नुभएका लाेनिया २०६५ सालको संविधान सभाको चुनाव जेलबाटै लड्नुुभएकाे थियाे ।

Previous articleबागेश्वरी मन्दिर क्षेत्र दुर्गन्धित बन्दै
Next articleसामाजिक विकास मञ्चकाे अध्यक्षमा पुन: थापामगर चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here