
नेपालगञ्ज । सामाजिक विकास मञ्च बाँकेकाे अध्यक्षमा पुन: चम्प सिंह थापामगर चयन हुनुभएको छ ।
मञ्चकाे शनिबार नेपालगञ्जमा सम्पन्न २७ औं वार्षिक साधारणसभाले अध्यक्षमा पुन: थापामगरकाे नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेकाे हाे ।
सर्वसम्मत चयन भएकाे समितिकाे उपाध्यक्षमा चान्दनी थापामगर, सचिवमा छेदराम थारु, स-सचिवमा उषा थापामगर र कोषध्यक्षमा तुल्सिराम चौधरी रहनुभएको छ ।
यस्तै सदस्यहरूमा पर्बती बिसि, राम श्रेष्ठ, सम्सुद्दिन खाँन र कमला बि.क रहनुभएकाे छ । कार्यसमितिले संस्थाकाे विकास र समुदायकाे उत्थानमा थप सक्रियता रहने जनाएको छ ।





