गोपाल नीना फाउण्डेसनद्वारा रक्तदान

नेपालगञ्ज । गोपाल–नीना फाउण्डेशनद्वारा आज “वृहद् रक्तदान कार्यक्रम’ को आयोजना गरिएको छ ।

बाँकेमा हाल रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै “रक्तदान गरौंः जीवन उपहार दिउँ” भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको फाउण्डेशनका सहनिर्देशक डा.तृप्ती पाल रमणले जानकारी दिनुभयो ।

फाउण्डेसनका संस्थापक अध्यक्ष डा.गौरव श्रेष्ठका अनुसार कार्यक्रममा सहभागी हुने रक्तदाताहरुमध्ये अधिकाँश स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारी रहेका थिए ।

विगत १९ वर्षदेखि त्रैमासिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको जनमत अद्र्ध साप्ताहिक लगायत नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके, अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, हेल्थ याद आयो (मोवाइल हेल्थ एप), सवारी साधन सेवा प्रदायक कम्पनी पठाओले कार्यक्रममा समन्वय र सहकार्य गरेका थिए ।

फाउण्डेसनले दुई साताअघि मात्रै राष्ट्रिय बाल दिवसको अवसरमा स्थानीय नील सागर वृद्धा आश्रममा निःशुल्क स्वास्थ्य शिविर, बालबालिकालाई मसलन्द वितरण तथा आश्रितहरुका लागि दिवा भोजन उपलब्ध गराएको थियो ।

Previous articleहाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय
Next articleअन्तर तहका कार्यालयहरुसँग सहकार्य बढाउँदै राप्तीसोनारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here