शिक्षक सङ्गठन बैजनाथद्वारा शुुभकामना आदानप्रदान

नेपालगञ्ज । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गाउँपालिका समिति बैजनाथले नेपालीहरुको राष्ट्रिय चाडहरु वडा दशैँ, तिहार र छठको उपलक्षमाा शुुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

लुुम्बिनी प्रदेश सरकारका निवर्तमान सामाजिक बिकास मन्त्री बाँके क्षेत्र नं- ३ (क) का सांसद रत्न खत्रीको प्रमुुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य एवं पूूर्व राज्य मन्त्री तथा प्रभात नमूूना माध्यमिक विद्यालय जि.गाउँका अध्यक्ष दल बहादुुर सुुनार, ने क पा एमाले प्रदेश कमिटी सदस्य तथा संस्थापक पालिका अध्यक्ष मान बहादुुर रुचाल, बैजनाथ अध्यक्ष मन बहादुुर खत्री, संगठनका जिल्ला, प्रदेश तहका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रमुुख अतिथी खत्रीले आफुु छोटो समय प्रदेश सामाजिक बिकास मन्त्री रहँदा निर्वाचन क्षेत्रका १४९ वटा विद्यालयमा ४ अर्ब बढीको बजेट विभिन्न मन्त्रालयबाट विनियोजन गराउन भुुमिका खेलेको बताउनुुभएकाे थियाे ।

संविधान सभा सदस्य सुुनारले शिक्षकले आफ्नो भुुमिका अब्बल खेलेमा कसैले केही गर्न नसक्ने र सामाजिक रुपान्तरणको क्षेत्रमा शिक्षकले प्रभावकारी भूूमिका खेल्नुुपर्ने बताउनुुभयो । प्रतिकुुल समयमा अवसरबादी बन्ने शिक्षकहरुलाई संगठनले पहिचान गरि भबिष्यमा सोही बमोजिमको व्यवहार गर्नुुपर्ने उहाँकाे कथन थियो ।

बैजनाथ गाउँपालिकाका संस्थापक अध्यक्ष रुचालले नेकपा एमाले विधि, बिधान अनुुसार चल्ने र जनताको पार्टी भएकोले आफ्नो कार्यकालमा कहिँ कसैलाई काखा र पाखा नगरेको तर अहिलेको सरकार जनताको हुन नसकेको उल्लेख गर्दै अमुुक पार्टीको पनि सिमित गुुटको सरकार बन्न पुुगेको आरोप लगाउनुुभयो ।

संगठनका जिल्ला सचिव बाबुुराम अधिकारीले वर्तमान सरकारले शिक्षक नियुुक्ति तथा प्र.अ. व्यवस्थापनमा राजनीतिकरण गरेको र शिक्षा क्षेत्रमा राजनीतिकरण गरेर अमुुक दलको राजनीति गर्ने अखडा बनेकोले यसको हेक्का राखेर बैजनाथको शिक्षा बचाउन संगठनले शसक्त प्रतिरोध गर्नुुपर्ने बताउनुभयाे ।

संगठनका उपाध्यक्ष इन्दिरा गौतम, जिल्ला अध्यक्ष रेखा धिताल, प्रदेश उपाध्यक्ष शिव शंकर रोकाय र महासंघ अध्यक्ष महेश शर्माले शुुभकामना मन्तव्य राखेको कार्यक्रम हिक्मत कुुमार बि.सीकाे अध्यक्षतामा भएकाे थियाे ।

उपाध्यक्ष हेमा चन्दले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमलाई बैजनाथ समिति सचिव केशवराज रिजालले सञ्चालन गर्नुभएकाे थियाे भने बैजनाथ ६ को गडरहीस्थित ज्योति आधारभुुत विद्यालमा कार्यक्रम गरिएको थियो ।

सङगठनका बैजनाथ इन्चार्ज वीर बहादुर सिंह ठकुरीले समग्र बैजनाथकाे शिक्षाकाे समस्या राख्दै समाधानमा पार्टिले सहयोग गर्नुपर्ने कुरा राख्नुभएकाे थियाे ।

Previous articleलुम्बिनी प्रदेशमा हजार जनामा डेंगु सङ्क्रमण
Next articleलैंङ्गिक तथा जलवायु परिवर्तन (पाठ्यक्रम) सम्बन्धी तालिम शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here