
नेपालगञ्ज । बाँकेकाे नेपालगञ्जमा प्रथम कृषि, पर्यटन प्रवर्द्धन, व्यापारिक, संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१ हुने भएकाे छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बाँकेले यही कार्त्तिक २९ गतेदेखि मंसिर १८ गतेसम्म प्रथम कृषि, पर्यटन प्रवर्द्धन, व्यापारिक, संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१ नेपालगञ्जमा संचालन गर्ने भएकाे हाे ।
आईतवार पत्रकार सम्मेलन गरेर महाेत्सव लगाउन लागिएको आयाेजकले जनाएको छ । विश्वभरी फैलिएका हामी जनजाति, हामी आदिवासी जोगाई राखौं, भेषभुषा, भाषा, संस्कृति भन्ने मुला नाराका साथ मेला संचालन गर्न लागिएको हाे ।
कला, संस्कृति संरक्षणसहित संस्थाको भवन निर्माणका लागि संचालन गर्न लागिएको महोत्सवमा जाती, जनजाति, कला, संस्कृति संरक्षणका साथै राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको सहभागिता रहने जनाईएकाे छ ।
महोत्सवका मुख्य आकर्षणहरूमा औद्योगिक तथा व्यपारिकसहित २५० स्टल रहने, कला, संस्कृति सम्बन्धि पौराणिक कला जातिय भेषभुषाको प्रदर्शन, कृषि प्रयर्टन हस्तकलासहितका स्टलहरु र १२ वटै जिल्लाका धार्मिक तथा पर्यटकिय स्टल प्रर्दशनी हुने परिषदका अध्यक्ष डम्मर बहादुर थापाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार मेलामा जातिय खाना प्रदर्शनीसहित सहभागि हुनेहरूलाई स्टल नि:शुल्क उपलब्ध गराईने छ । यस्तै मेला अवधिभर ३ लाख दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको कारोबार हुने आयाेजकले अपेक्षा गरेकाे छ ।





