तारे होटलमा प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्रीमा रोक

काठमाण्डाैं । सरकारले तारे होटलमा प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्रीमा रोक लगाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले यस्तो रोक लगाउने निर्णय गरेको हो ।

तारे होटल र सबै रिसोर्टमा प्लास्टिकजन्य बोतलमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थहरू प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त थियाे ।

जानकारी भएपछि तत्काललाई कम्तीमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरूमा पिउने पानीका लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोतलमा रोक लगाएको पर्यटन विभागका महानिर्देशक सहसचिव डा नारायण रेग्मीले जानकारी दिनुभयाे ।

प्लास्टिकजन्य बोतलको प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने हुदाँ प्लास्टिकजन्य बोटलको प्रयोगमा निषेध गरी काँचका बोटल तथा अन्य धातुको भाँडा प्रयोग गरी होटलका कोठा तथा रेस्टुरेन्टहरूमा पिउने पानीको व्यवस्था मिलाउन निर्देशन दिइएको महानिर्देशक रेग्मीले बताउनुभयाे ।

Previous articleसात दिने प्राथमिक शिक्षा वर्ग तालिम सम्पन्न
Next articleशिक्षा योजना निर्माणका लागि मधुवनमा दई दिने कार्यशाला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here