अतिक्रमित संरचना हटाउन उपमहानगरको निर्देशन

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खोलानाला अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।

सार्वजनिक जग्गामा पानीको प्राकृतिक बहाव कायम गर्ने, हरियाली विकास गर्दै सडक र फुटपाथ निर्माण गरिने भन्दै उपमहानगरपालिकाले एक सूचना जारी गर्दै खोलानाला अतिक्रमण गरी बनाइएका संरचना हटाउन भनेको हो ।

सार्वजनिक सूचना जारी गर्दै उपमहानगरपालिकाले १ देखि ८ सम्मका सबै वडा र १३ नम्बर वडामा खोलानालाको अधिकार क्षेत्र र सेटव्याक रेखाङ्कन तथा सिमाङ्कन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

खोला र नाला अतिक्रमण गरी बनाइएका संरचना कात्तिक मसान्तभित्र हटाउन सम्बन्धितलाई आग्रह गरिएको छ । तोकिएको समयमा अतिक्रमित संरचना नहटाइए स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानुन बमोजिम कारवाही गर्ने समेत उपमहानगरपालिकाले चेतावनी दिएको छ ।

Previous articleशिक्षा योजना निर्माणका लागि मधुवनमा दई दिने कार्यशाला
Next articleफोहोर व्यवस्थापनका लागि सरोकारवालासँग सार्वजनिक संवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here