क्यालिफोर्नियामा ७ म्याग्नेच्युडको भूकम्प

एजेन्सी । अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्निया राज्यको फेर्नडेल सहरलाई केन्द्रबिन्दु बनाएर स्थानीय समयअनुसार बिहीबार बिहान १०:४४ बजे ७ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पबाट मानवीय र भौतिक क्षति भएको विवरण नआएको समाचार संस्था एशोसियटेड प्रेसले उल्लेख गरेको छ । पसल र मार्टहरूमा भने सामानहरू छरपस्ट भएका थिए ।

क्षति नभएपनि त्यहाँका नागरिकहरूले धेरै सेकन्डसम्म जमिन हल्लिएको महशुस गरेका थिए भनेर एपीले लेखेको छ । ७.१ म्याग्नेच्युडको भूकम्पपछि स-साना कम्पनहरू गएका थिए।

बिहीबारको भूकम्पलाई सन् २०१९ पछिकै शक्तिशाली भनिएको छ । त्यतिबेला ७.१ म्याग्नेच्युडको भूकम्प गएको थियो । भूकम्पपछि फर्नडेलको तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको थियो ।

Previous articleउपमहानगरपालिकामार्फत प्रदान हुने सेवा शुक्रबार रोकिने
Next articleसरकारको जनताको पक्षमा केन्द्रीत हुनुपर्छ : काँग्रेस नेता डा.रिजाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here