पहिलोपटक कम्मर शाह मेलाको खर्च सार्वजनिक

डुडुवा । बाँकेको डुडुवा गाउँपालिका वडा नं-५ मा लाग्ने हजरत बाबा कम्मर शाह दरगाह शरीफ उर्स मेलाको खर्च सार्वजनिक गरिएको छ । प्रत्येक वर्ष लाग्दै आएको मेलाको पहिलोपटक आम्दानीकाे खर्च सार्वजनिक गरिएको हो ।

मेला व्यवथापन समितिका अध्यक्षसमेत रहनुभएका डुडुवा गाउँपालिका वडा नं-५ का वडा अध्यक्ष झंक बहादुर थापाले वर्षौ वर्ष लाग्ने कम्मर शाह मेलाको पहिलोपटक हरहिसाब सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

मेलाबाट ३१ हजार ५ सय २५ रुपैया रकम बचत भएको समितिले जनाएको छ । जम्मा ५ लाख ४४ हजार २ सय ६० रुपैया मेलाबाट आम्दानी भएको थियाे । यसमा सबैभन्दा बढी स्टल बुकिङ्गबाट मात्र ३ लाख १२ हजार ९ सय ३० रुपैया आम्दानी भएको थियाे ।

यस्तै मजारमा श्रद्धालु भक्तजनहरुले चढाएको ३७ हजार २ सय ३० रुपैयाँ आम्दानी भएको छ । आम्दानीमध्ये मेलाको व्यवस्थापनका क्रममा विभिन्न शिर्षकमा ५ लाख १२ हजार ७ सय ३५ रुपैया खर्च भएको समितिका उपसचिव सईद खाँले जानकारी दिनुभयो ।

पुष ४ गते पूर्व मन्त्री इस्तियाक राई, संघीय सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री हसिना खान, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवाल, लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री भण्डारीलाल यादवले संयुक्त रुपमा मेलाको उद्घाटन गर्नुभएको थियो ।

५० वर्षदेखि कम्मर शाहमा लाग्दै आएको मेलामा बाँके र बर्दियाका सर्वसाधारणसँगै सीमावर्ती भारतीय क्षेत्र बाबागञ्ज, नानपारा, श्रावस्तीबाटसमेत भारतीय नागरिक मेला भर्न आउने गर्छन् ।

Previous articleअब न्यूरोडमा आकर्षक गहनाको साथमा न्यू पोखरा सुनचाँदी पसल
Next articleनेपालगञ्जमा ५१ जना युवाले गरे रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here