
नेपालगञ्ज । समाजवादी युवा संघ बाँकेले साेमबार नेपालगञ्जमा रक्तदान कार्यक्रम गरेको छ । जनता समावदी पार्टीको भातृ संगठन युवा संघले नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।
जसपाको पार्टी कार्यालयमा भएको कार्यक्रमलाई पूर्व मन्त्री इस्तियाक राई र पार्टीका जिल्ला सभापति दुर्गा प्रसाद बर्माले रगत संकलन गर्ने प्याकेटलाई प्राविधिकलाई प्रदान गर्दै उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री भण्डारीलाल यादवकाेसमेत उपस्थिति रहेकाे थियाे ।
परोपकारी सेवामा संघले थप उल्लेख्य कार्य गर्नुपर्ने कुरामा जोड दिनुभयो । रक्तदान भन्दा पूण्य अर्को कुनै कार्य नहुने भएकाले यसलाई गाउँ-गाउँसम्म प्रेरित गर्नुपर्ने भन्दै पूर्व मन्त्री राईले रगत अभावलाई सहज बनाउन युवाहरू सक्रिय हुनुपर्ने उल्लेख गर्नुभएको थियाे ।
नेपालगञ्जमा रगत आवश्यकता भएकाहरुलाई दिनरात नभनि रगतको व्यवस्थापनमा खटिने डोनर ग्रुप, नेपालगञ्ज डोनर ग्रुप जस्ता समूहकाे कार्य प्रशंसा गर्न लायक रहेको धारणा राख्नुभयो ।
भेरी अस्पताल नेपालञ्ज परिसरमा रहेको रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोग, डोनर ग्रुपको सहकार्यमा गरिएको कार्यक्रममा अधिकांश युवाहरुले रक्तदान गरेको संघ बाँकेका अध्यक्ष मोहम्मद अहमद राईले जानकारी दिनुभयो ।
रक्तदान गरेका स्वयंसेवीहरुलाई सामाजिक कार्यमा सहभागिता जनाएको भन्दै प्रमाण पत्र प्रदान गरिएकाे थियो । कार्यक्रममा रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी नेतृत्वको टिमले प्राविधिक सहयोग गरेको थियो ।





