नेपालगञ्जमा १२१ जनाद्वारा रक्तदान

नेपालगञ्ज । नेपालगञ्जमा रहेको गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनले आयोजना गरेको १ सय २१ जनाले रक्तदान गरेका छन् ।

रक्तदान जीवनदान मूल उद्देश्यका साथ आयोजित कार्यक्रम समाजसेवी, गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनको जग्गादाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा र फाउन्डेसनकी अध्यक्ष मधु शाहले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई हस्तान्तरण गरेसँगै वर्माले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा सञ्चार केन्द्रका प्रमुख रेग्मी, सोम प्रकाश सापकोटा, होमराज गिरी, सुनिल पुलामी मगर, सञ्जय बढही, बीरेन्द्र योगी, रचना बिष्ट, आशा सुनार, पबित्रा जैसीले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।

संस्थापक स्व.गौरब शाहले आफनो पाकेटको खर्चबाट बचाएको पैसाबाट पशुमा गाई, कुकुरको हेरचाह र समाजमा विभिन्न किसिमका कार्यहरु गर्दै आउनुभएको थियो । शाह नरहेपनि संस्थामा आवद्ध युवाहरुले त्यस किसिमको कार्यहरुलाई निरन्तरता दिदैं आईरहेका छन् ।

Previous articleलुम्बिनी कप महिला फुटबलको सल्लाहकारमा सम्झना र राठौर मनोनित
Next articleसंगठन बिस्तार अभियानमा जुट्यो जसपा नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here