टिकटक बनाउने क्रममा एक युवकको मृत्यु

तुलसीपुर । पश्चिम दाङमा टिकटक बनाउने क्रममा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं १९ बिजौरी निवासी २४ वर्षिय रमेश थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

ती युवाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान मृत्यु भएको हो । शनिबार दिउँसो दुई बजेतिर बबई गाउँपालिका वडा नं ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा थापा खसेका थिए ।

Previous articleराम बिवाहको अवसरमा दुई जोडीको बिवाह सम्पन्न
Next articleमहुवा गाउँ जाने बाटोको स्तरोन्नती कार्य शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here