
राजापुर । राजापुर नगरपालिकाको वडा नं ६ स्थित महुवा गाउँ जाने बाटोको मर्मत तथा स्तररोन्नतीको काम शुरु भएको छ । बाटोको स्तरोन्नती गर्नुपर्ने स्थानीयको माग भएपछि सो बाटोको मर्मत सम्भार शुरु भएको हो । राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरीले बेल्चामार्फत बाटोमा माटो हालेर मर्मत तथा स्तरोन्नती कार्यको शुभारम्भ गर्नुभएको थियो । स्थानीयकै सहभागितामा उक्त बाटोको मर्मत कार्य शुरु गरिएको हो ।
उद्घाटनका क्रममा बोल्दै उपप्रमुख चौधरीले आफुले हिड्ने बाटो आफैले मर्मत गर्दा भबिष्यमा गौरव महशुस हुने धारणा राख्नुभयो । सो क्रममा वडा नं ६ का वडाअध्यक्ष महेश चौधरीले समेत स्थानीयको साथ र सहयोग रहने बताउनुभयो । तयार नेपालको सहयोगमा गेरुवा ग्रामीण जागरण संघ, बर्दियाले सो बाटोको मर्मत एवं स्तरोन्नतीको काम शुरु गरेको हो । १२ जनवरी २०२१ मा सम्पन्न हुने गरी ३ लाख ३६ हजार ४ सय ७० रुपैयाँ लागतमा शुरु भएको कार्यमा स्थानीय ७ जना महिला गरी २३ जनाको सहभागिता रहेको छ ।
बाटोको मर्मत कार्यको उद्घाटन शत्रमा तयार नेपालका कृष्ण चौधरीले कोरोना महामारीका कारण बाहिरी देशबाट नेपाल फर्केका कामदार बेरोजगार भइ घरमै बसेकालाई यो कार्यक्रमले सहयोग भएको हुँदा निम्न वर्गका कामदारलाई सहभागि गराईएको बताउनुभयो । यस्तै तयार नेपालका लोक पोखरेल, सत्य बिश्वास, गेरुवाका अध्यक्ष कृष्ण जंग शाह, कार्यसमिति सदस्य सुनिता चौधरी लगायतको उपस्थिति रहेको थियो ।





