भेरीको कोरोना वार्डको बेड क्षमता बृद्धि

नेपालगञ्ज । बाँकेको भेरी अस्पतालमा ९२ शैयाको कोरोना विशेष वार्ड सञ्चालनमा आएको छ । कोरोना भाइरसका बिरामीहरुको उपचारका लागि अस्पतालमा थप शैयाको व्यवस्थापन गरि संचालनमा ल्याइएको हो ।

यसअघि अस्पतालमा ७२ शैयाको कोरोना वार्ड सञ्चालनमा रहेको थियो । ९२ शैय्या थपिएसँगै भेरीको कोरोना वार्डमा वेड संख्या १ सय ६४ पुगेको छ । शुक्रवार जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले एक कार्यक्रमका बीच कोरोना वार्डको उद्घाटन गर्नुभएको छ ।

जिल्ला समन्वय समिति र जिल्लाका ८ वटै स्थानीय पालिकाहरुको एक करोडको लगानीमा कोरोना वार्ड सञ्चालनमा आएको कोभिड विशेष अस्पतालका संयोजक डा श्याम सुन्दर यादवले जानकारी दिनुभयो ।

कोरोना वार्ड संचालनकालागि जिल्ला समन्वय समितिले ७५ लाख, नेपालगन्ज उपमहानगरपालिकाले ६ लाख २५ हजार, कोहलपुर नगरपालिकाले ३ लाख ७५ हजार, नरैनापुर गाउँपालिकाले २ लाख ७५ हजार तथा डुडुवा, खजुरा, जानकी, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाले समान ५ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

शुक्रवारदेखि सञ्चालनमा आएको उक्त वार्डका सबै शैय्यामा अक्सिजनको सुविधा उपलब्ध भएको बताईएको छ । पश्चिम नेपालकै सबैभन्दा ठुलो अस्पतालका रुपमा रहेको भेरीमा अहिले ७ वडा कोभिड आइसियु बेड सञ्चालनमा छन् ।

Previous articleमहुवा गाउँ जाने बाटोको स्तरोन्नती कार्य शुरु
Next articleचितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here