युवाका लागि संचालित क्षमता विकास तालिम सम्पन्न

नेपालगन्ज । युवाहरुको क्षमता अभिबृद्धिका लागि नेपालगन्जमा संचालित दुई दिने क्षमता विकास सम्बन्धिको तालिम सकिएको छ । नेपालगन्जका विभिन्न वडाहरुमा रहेका युवाहरुको सहभागितामा नेपालगन्जमा दुई दिने तालिम संचालन गरिएको थियो ।

नेपालगन्ज नगरस्तरीय युवा क्लब संजाल तथा वडास्तरीय युवा क्लबका पदाधिकारीहरुको सहभागितामा फागुन ८ र ९ गते नेपालगन्जमा सो तालिम संचालन गरिएको थियो । तालिमको समापनमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाले युवा क्लबलाई सहज तरिकाले संचालनका लागि स्वयं युवा साथीहरु सक्रिय हुनुपर्ने बताउनुभयो ।

उहाँले युवा क्लबमा बसेर मात्रै युवाहरुको क्षमता बिकास नहुने भएको हुँदा सक्रियताका साथ सामाजिक कार्यमा युवा क्लब लाग्नुपर्ने बताउनुभयो । युवा क्लब युवाहरुलाई अनुशासन, नीति नियम, सम्मान, असल व्यवहार, असल कार्य गर्न प्रेरित गर्ने थलो भएकाले यसमा रहने सदस्य सदैव क्रियाशिल हुनुपर्ने बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्य, सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक विकास मञ्च बाँकेद्वारा नेपालगन्जमा संचालित पावर फोर एवाई परियोजना अन्तर्गत सो तालिम संचालन गरिएको थियो । सो समापदमा बाल्दै सेभ द चिल्ड्रेनकी परियोजना संयोजक फुल कुमारी चौधरीले युवा क्लबले आफ्ना क्षमता विकासका लागि रचनात्मक कार्यक्रमहरु संचालनमा ध्यान दिनुपर्ने बताउनुभएको थियो । उहाँले आफुहरुले आवश्यक सल्लाह सुझाव दिने भएकाले आफ्नो सक्रियतामा बढी जोड दिन युवाहरुलाई आग्रह गर्नुभएको थियो ।

मञ्चका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्यायको अध्यक्षतामा समापन भएको तालिममा नेपालगन्ज वडा नंम्बर १ देखि २३ मा रहेका युवा क्लबका पदाधिकारीहरु गरी २२ जनाको सहभागिता रहेको थियो । मञ्चका परियोजना संयोजक महेन्द्र चन्द, अनुगमन तथा मुल्याँकन अधिकृत शान्त चौधरी र कार्यक्रम अधिकृत अधिकृत बृजेश ठाकुरले सहज व्यवस्थापन गर्नुका साथै संस्थाका बारेमा प्रकाश पार्नुभएको तालिमलाई साहिल अन्सारी र भिष्म लोधले सहजीकरण गर्नुभएको थियो ।

Previous articleजानकीमा रक्तदान, ५६ युवा सहभागि
Next articleबैजनाथमा हाऊराम थारूको नेतृत्वमा जसपा नेपाल गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here