बैजनाथमा हाऊराम थारूको नेतृत्वमा जसपा नेपाल गठन

बैजनाथ । जनता समाजवादी पार्टी नेपालले संगठन निर्माणको कार्यलाई तिब्र बनाएको छ । यही क्रममा पार्टीले सोमबार बैजनाथ गाउँपालिकास्तरीय संगठन निर्माण गरेको छ ।

जनतासंग जसपा नेपाल–आधारभूत संगठन निर्माण अभियान भन्ने नाराका साथ गाउँ-गाउँ संचालन गरिरहेको आफ्नो योजना अन्तर्गत हाऊराम थारूको अध्यक्षतामा २१ सदस्यीय गाउँपालिकास्तरीय समिति गठन गरिएको जसपा नेपालका जिल्ला सचिव सूर्यलाल यादवले जानकारी दिनुभयो ।

पार्टीको क्षेत्र नम्बर ३ की संयोजक तथा लुम्बिनी प्रदेश सभा सदस्य रहनुभएकी अम्बिका काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको छ । एक भेलाको आयोजना गर्दै समिति गठनकै क्रममा संगठनका बारेमा प्रष्ट पारिएको थियो ।

नवगठित पार्टीको पालिका उपाध्यक्षद्धयमा लिला डिसी र राजाराम थारू, सचिवमा लक्ष्मी सलमानी, कोषाध्यक्षमा गंगा राना मगर र सहसचिवमा बिमला परियार रहनुभएको छ । यस्तै सदस्यहरुमा शान्ति अहिर, रम्भा देवी थारू, डिल्ली शाह, रेशम राना मगरलगायत रहनुभएको छ । यसअघि नेपालगन्जका विभिन्न वडामा संगठन बिस्तार गरिसकेको छ भने जिल्लाभर नै यो अभियान निरन्तर चलिरहेको सचिव यादवले बताउनुभयो ।

Previous articleयुवाका लागि संचालित क्षमता विकास तालिम सम्पन्न
Next articleस्वदेशमा रोजगारी प्राप्त गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा युवाको जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here