
नेपालगन्ज । नेपालगन्जबाट ठुलो मात्राको लागू औषध चरेससहित दुई जना पक्राउ परेका छन् ।
बाँके प्रहरीले ठुलो मात्राको चरेससहित नेपालगन्ज बसपार्क क्षेत्रबाट दुई जनालाई पक्राउ गरिएको जनाएको छ ।
पक्रउ पर्नेहरुमा कालिकोटको खाडाचक्र नगरपालिका वडा नम्बर १० बस्ने ३५ वर्षीय बिक्रम शाही र सोही ठाउँका ३५ वर्षीय भक्त बहादुर शाही पक्राउ परेका हुन् ।
शंका लागेर उनीहरुलाई चेकजाँच गर्दा भक्तले बोकेको झोलाभित्र चरेस जस्तो देखिने तीन वटा पोकामा ४ किलो २२० ग्राम भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक याम बहादुर मल्लले जानकारी दिनुभयो ।
उनीहरुसँगै उनीहरुले चलाएको सुदुरपश्चिम प्रदेश ०१०११ प १८५५ नम्बरको स्कुटरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।





