सडकको भ्यान घरमा छिर्दा एक बालकको मुत्यु, तीन घाइते

नेपालगन्ज । सडकमा गुडिरहेको भ्यान घरमै छिर्दा नेपालगन्जमा एक बालकको ज्यान गएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ बेलासपुरमा सडकमा रहेको भ्यान गेट भएर घरमा छिर्दा दृश्यसिंह बुढाथोकीको मृत्यु भएको छ । घट्नामा अन्य तीन जना घाइते भएका छन् ।

सडकमा गुडिरहेको भे १ च ३८९५ नम्बरको डेलिभरी भ्यान अनियन्त्रित भएर बेलासपुरका संजय सिलवालको घरको आंगनभित्र छिर्दा ६ वर्षीय बालक बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिम विकले बताउनुभयो ।

दुर्घटनामा घर मालिक ४३ वर्षीय सिलवाल, ६ वर्षीया सृष्टि गौतम र ८ वर्षीय संजीव सिलवाल घाइते हुनुभएको छ । उहाँहरु घर बाहिर आंगनमा बसिरहनुभएको थियो । तीनै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

भ्यान र भ्यान चालक २३ वर्षीय सुरज थारु र भ्यानमा सवार अर्का एक जना ३८ वर्षीय लियाकत अलीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको विकले बताउनुभयो ।

Previous articleनेपालगन्जबाट चार किलो बढी चरेससहित दुई जना पक्राउ
Next articleसन्तानेश्वर जाने भक्तजनलाई स्थानीय युवाले बाँडे निःशुल्क पानी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here