
नरैनापुर । जनता समादवादी पार्टी नेपाल बाँकेले नरैनापुरमा संगठन निर्माण गरेको छ । जनतासंग जसपा नेपाल–आधारभूत संगठन निर्माण अभियान अन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकास्तरीय जसपाको संगठन निर्माण गरिएको हो ।
क्षेत्र नं-१ अन्तर्गत रहेको नरैनापुरमा बिहीबार भेलाको आयोजना गर्दै ४१ सदस्य पालिकास्तरीय समिति गठन गरिएको जिल्ला सचिव सूर्यलाल यादवले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष कधैइलाल गोडियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पार्टीका केन्द्रीय सविव कमरुद्दिन राई, बिशिष्ट अतिथि केन्द्रीय सदस्य बेबि तबस्सुम अन्सारी, ईस्तियाक अहमद शाह, प्रदेश सचिव शुशिला पौडेलको उपस्थिति रहेको थियो । भेलाले दुर्गा प्रसाद श्रीवास्तवको अध्यक्षमा नयाँ पालिकास्तरीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षद्वयमा अली अहमद मुकेरी र विरेन्द्र पाल सिंह, सचिवमा शहजाद अली जोलाह, सह–सचिवमा बृजेन्द्र यादव र कोषाध्यक्षमा पुष्पा कुमारी रैदास रहनुभएको छ । यस्तै सदस्यहरु भोला यादव, जयराम यादव, राम फेरन यादव, लिलादेवि भण्डारी लगायत रहनुभएको सचिव यादवले बताउनुभयो ।
जिल्ला सचिव यादवका अनुसार भेलामा सदस्य जयन्तीदेवि श्रीवास्ताव, जिल्ला सहसचिव श्याम प्रसाद श्रेष्ठ, जिल्ला सदस्य जुबेदा हल्वाई, दिनेश प्रसाद शर्मा, कमसर खाँ, जाललु खाँ, अजय मिश्र, गगाराम मौर्य, खुर्शिद खाँ, बिरेन्द्र पाल सिंह, नेता मसुद अहमद शाह, फात्मा मसरुर लगायतको पनि उपस्थिति रहेको थियो ।





